अपाङ्गमैत्री संरचना निर्माण गर्न माग

अपाङ्गमैत्री संरचना निर्माण गर्न माग

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपाङ्गता भएका व्यक्तिको सवालमा संविधान कार्यान्वयनमा कुनै कन्जुस्याँइ नहुने बताएका छन्।

आइतबार सामर्थ्य समाज विराटनगरद्वारा लिखित अपिलपत्र बुझ्दै मन्त्री कार्कीको यस्तो बताएका हुन्। उनले अपाङ्गता भएकाहरूले पाउनुपर्ने हक र अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताए। 

राजनीतिक अस्थिरता सबै समस्याको मुल जड रहेको भन्दै उनले सबैको पहलमा अधिकारको कार्यान्वयन पक्ष बलियो हुने जिकिर गरे। शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूले पनि समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको मन्त्री कार्कीको भनाइ थियो।

'हामीले अझै राजनीतिक स्थायित्व प्राप्त गरिसकेका छैनौं। प्रदेशको संरचना पनि पुरानै भवनमा छ,' उनले भने, 'यद्यपि, नयाँ संरचना बनाउँदा अपाङ्गमैत्री बनाउनु पर्ने विषयमा सरकार प्रतिबद्ध छ।'

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताको क्षेत्रमा काम गर्दै आएको समाजले प्रदेशस्तरीय नीति नियम तथा कानून निमार्णमा अनिवार्य पहुँचयुक्त सहभागिता गराइनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ पूर्ण रूपमा कार्यन्वयन गराइनुपर्ने, मन्त्रालयमा सहायता कक्ष स्थापना गरिनुपर्ने तथा पहुँचयुक्त भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने लगायतका सात बुँदे अपिलपत्र मन्त्री कार्कीलाई बुझाएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.