बालविवाह न्यूनीकरणका लागि प्रतिबद्धता

बालविवाह न्यूनीकरणका लागि प्रतिबद्धता

कालिकोट : जिल्लाका सरोकारवालाहरूले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। 

कालिकोट जिल्ला र आसपासका क्षेत्रहरूमा हुने बालविवाहको अवस्था र न्यूनीकरणका लागि गर्न सकिने पहलका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएका हुन्। 
 

नेपाल पत्रकार महासंघ कालिकोटले कार्यक्रम आयोजना गरेको थियो। उनीहरूले सबै स्थानीय तहका साथै जिल्ला स्तरमा कार्ययोजना बनाउने र बाललविवाहका विरुद्ध ठोस कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन्। 
 
कार्यक्रममा बालअधिकारकर्मीले अभिभावककै सहयोगमा बालविवाह हुने गरेको बताए। समाजमा धेरैजसो १६ देखि १९ वर्ष उमेर समूहका बालबालिकाको विवाह हुने गरेको छ। 

गरिबी, जोखिममा रहेका बालबालिका, सचेतनाको अभाव, पढाइमा कमजोर, सामाजिक सञ्जालको प्रयोग लगायतका कारण बालविवाह हुने गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी जयस्वर रिजालले बालविवाहका मुद्दाहरू प्रहरीमा नआउने बताए। उनले भने, गएको चार वर्षमा प्रहरीमा आएका उजुरीहरू केलाउँदा बालविवाह सम्बन्धी उजुरी एउटा पनि आएको छैन। 

यो अवधिमा बाल बिज्याई र जबरजस्ती करणीका २० वटा मुद्दा दर्ता भएका छन्। बालविवाह न्यूनीकरणका लागि जिल्लामा गैरसरकारी संस्थाले पनि काम गर्दै आएका छन्। तर ती अभियानहरू प्रभावकारी हुन सकेका छैनन्।

गैरसरकारी संस्थाका कार्यक्रम हुँदासम्म गाउँमा बाल क्लबदेखि अन्य सरोकारवालाहरू सक्रिय हुन्छन्। कार्यक्रमको अवधि सकिएपछि यी सबै निष्क्रिय हुन्छन्। नागरिक समाजका अगुवा दमनराज बमले भने, 'बालविवाह न्यूनीकरणसम्बन्धी रणनीति २०७२ ले सन् २०३० सम्म बालविवाह न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.