डोटीमा दुईजना बन्दकर्ता पक्राउ

डोटीमा दुईजना बन्दकर्ता पक्राउ

डोटी : बन्दको प्रभाव डोटीमा पनि परेको छ। जिल्लाभित्र र जिल्लाबाट बाहिर जाने लामो तथा छोटो दुरीका सवारी साधन पूर्ण रुपमा बन्द छन्।  

जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला बजार, दिपायल, राजपुर बजार बन्द छन्। बजार भित्रका केही पसल खुले पनि अधिकांश पसल बन्द रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए।

बन्दका कारण शैक्षिक संस्था पनि खुलेका छैनन्। सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द नरहे पनि सेवाग्राही नहुँदा बन्द जस्तै देखिन्छन्। आज नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलहरुले बन्दको घोषणा गरेका थिए। बन्दका कारण डोटीमा ठुलो घटना भने नभएको प्रहरीले जनाएको छ।

दुई जना बन्दकर्ता पक्राउ

डोटीमा बजार बन्द गर्दै हिंडिरहेका दुई जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु पिपल्ला बजारबाट पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य मोहन कठायत र अखिल क्रान्तिकारी डोटीका अध्यक्ष प्रकाश कठायत रहेका छन्। अहिले उनीहरु प्रहरीको नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.