गजल मञ्चमा नयाँ कार्यसमिति

गजल मञ्चमा नयाँ कार्यसमिति

पेन्सेलभेनिया : अमेरिकामा क्रियाशील भुटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्यसमिति गठन गरिएको छ। पातलो अन्तरेको संयोजकत्वमा राज बराल र शेखर कोइरालाको तीन सदस्यीय पुनर्गठन समितिले मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्यसमिति चयन गरेको थियो। आगामी पाँच वर्षे कार्यकालका लागि अध्यक्ष नेत्राचार्य कौडिण्य, उपाध्यक्ष पूर्ण नर्जाली, सचिव धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, सहसचिव माया भट्टराई, कोषाध्यक्ष आरबी खड्का तथा प्रचारप्रसार समितिमा वेणु मैनाली ‘इट्टाघरे’, अर्जुन प्रधान र सदस्यहरूमा शेखर कोइराला, पातलो अन्तरे, आभाष रिखाम, दीपेन ढुंगाना, अविनाश भट्टराई तथा भीम गुरूङ सम्मिलित १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। यसैगरी प्रमुख सल्लाहकारमा गंगा लामिटारे र सल्लाहकारमा अर्जुन रसाइली, जय वान्तवा, त्रिविक्रम न्यौपाने, केशव बैरागी, राज बराल, कर्ण गुरूङ, खेम रिजाल र सनि शर्मालाइ चयन गरेको छ। २०६० सालमा भुटान गजल मञ्चको स्थापना भएको हो।

 अमेरिकाको पेन्सेलभेनिया राज्यको जेफर्सन हिल्समा मञ्चले ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम पनि सम्पन्न गरेको छ। नेत्राचार्य कौडिण्यको सभापतित्व, भुटानी नेपाली साहित्यका पथप्रदर्शक तथा अभिभावक गंगा लामिटारेको प्रमुख आतिथ्यता, ओमाहा नेब्रास्काका व्यवसायी तथा सामाजिक ब्यक्तित्व भीम गुरूङ तथा तनहुँका कवि सत्यजी क्षत्रीको विशेष आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो। कवि धर्मेन्द्र तिम्सिना 

‘क्षितिज’को कविता संग्रह आवाजहरूको जुलुस तथा गजलकार सविन शर्माको गजल संग्रह ऐनाअघि उभिएर कृतिमा चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रमा दीपेन ढुंगाना, आभाष रिखाम, शेखर कोइराला, राज बराल, गोपाल पौड्याल, त्रिविक्रम न्यौपाने, अञ्जान भुटानी, सत्यजी क्षत्रीलगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए। क्षितिजको कविता संग्रहका बारे स्रष्टा राज बरालले बोलेका थिए। सविन शर्माको गजल संग्रह ऐनाअघि उभिएरका बारेमा त्रिविक्रम न्यौपानेले शर्माको लेखन शैलीको खुलेर प्रशंसा गर्दै संग्रहभित्रका हरेक गजल गहन र जीवनपरक रहेको बताए। गंगा लामिटारेले अतीतका तिता क्षणहरूको स्मरण गर्दै नेपाली भाषा तथा साहित्यका लागि गरेका दुःख, वर्तमान परिवेश र भविष्यमा आउने राम्रा र नराम्रा दुवै पक्षका बारेमा जानकारी दिइन्। विश्व भुटानी साहित्य संगठनद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५ पुस्तक सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ र डा. गोविन्दराज भट्टराईले विमोचन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.