कर्णाली राजमार्ग र करिडोर ३६ घण्टा बन्द हुने

कर्णाली राजमार्ग र करिडोर ३६ घण्टा बन्द हुने

कालिकोट : पुलको भार क्षमता परीक्षणका लागि कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध हुने भएको छ । निर्माण भएका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध हुने भएको हो । 

 कर्णाली राजमार्गअन्तर्गतको दैलेख आठबिस नगरपालिका–५ घट्टे खोला पुल र कर्णाली करिडोरअन्तर्गत कालिकोट नरहरिनाथ गाउँपालिका–८ स्थित कर्णाली नदीमा बनेको खुलालु पक्की पुलको लोड क्षमता जाँच गर्नका लागि ३६ घण्टा कर्णाली राजमार्ग र करिडोर अवरुद्ध हुने भएको छ । 

राजमार्गको घट्टे खोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका बुधबार भदौ ८ गते बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द भएको सडक डिभिजन जुम्लाका निमित्त कार्यालय प्रमुख विरेन्द्र रावलले बताए । 

उनका अनुसार कालिकोट, दैलेख, जुम्ला र मुगु जिल्लामा सूचना जारी गरेर सडक अवरुद्ध बारे नागरिकलाई सूचित गराइएको छ ।

पुलहरूको अनिवार्य रुपमा लोड क्षमताको परीक्षण गर्नुपर्ने भएकोले सडक बन्द गर्नु परेको हो ।  बुधबार बिहानदेखि कर्णाली राजमार्गस्थित घट्टे खोला पुलको भार परीक्षण भइरहेको छ । 

त्यस्तै, कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीमाथि बनेको पुलको लोड परीक्षणका लागि आगामी भदौ ९ गते बिहान ६ बजेदेखि ३६ घण्टा राजमार्ग बन्द रहने सडक डिभिजन जुम्लाले जनाएको छ । प्राविधिक रूपले पुलको भार क्षमता जाँच गर्नुपर्ने व्यवस्था छ । 

 पक्की पुलको टेष्टिङको समयमा कर्णाली राजमार्ग र कर्णाली करिडोरको दुवै तर्फको आवतजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवतजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ । ठूला क्षमाताका सवारी गुड्न थालेपछि दुर्घटनाको जोखिम छ । 

निमित्त प्रमुख रावलले भने, प्राविधिक दृष्टिले पनि पुलको भार जाँच्न जरुरी देखिएपछि छुट्टा छुट्टै समयमा ३६ घण्टा कर्णाली राजमार्ग र कर्णाली करिडोर बन्द गरेका हौँ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.