अनि हाने गोली !

अनि हाने गोली !

भैरहवा : गत साउन २९ गते राति मोटरसाइकलमा तीनजना युवाहरु ‘खानपिन’ का लागि पेस्तोलसहित बेलहिया बाइपासस्थित सिद्धार्थ रेष्टुरेण्टमा पुगे । त्यहाँ पुगेपछि ‘टिन एर्जस’का व्यक्तिहरु मात्र देखिएपछि उनीहरुले मनोस्थिती बदलेर पेस्तोल देखाई दुई तोला सुन, ५५ हजार नगद र ३ वटा मोबाइल लुटपाट गरे ।

उनीहरु भाग्न खोजेको अवस्था देखेका सिद्धार्थनगर नपा–१ बेलहियाका विकास गुरुङले मोटरसाइकलमा पछाडिबाट पछ्याए । यता गुरुङले उनीहरुलाई पछ्याउनै लाग्दा उता रेष्टुरेण्ट सञ्चालकले घटनाबारे प्रहरीलाई जानकारी गराइन् ।

 भागेको बाटो तर्फका लागि प्रहरी तत्काल चौकीबाट ‘मुभ' भयो । यता पछ्याएर रोक्न खोज्दा लुटेराहरु मध्ये एकजनाले गुरुङमाथि गोली प्रहार गरी भित्रीबाटो हुँदै फरार भए । प्रहरीले लुटेराहरुलाई खोज्दै गर्दा गुरुङ घाइते अवस्थामा फेला परे । उपचारका लागि उनलाई अस्पताल पठाएर प्रहरी राती नै चारैतिर फैलियो । रातभर ‘सर्च अपरेशन’चल्यो । तर, आरोपीहरु फेला परेनन् । भित्रीमार्गहरु प्रयोग गर्दै घटनामा प्रयोग गरेको पेस्तोल लुकाएर उनीहरु आ-आफ्नो घरतर्फ लागे ।

घटनाको अनुसन्धानका लागि रुपन्देहीका एसपी रविन्द्र रेग्मीले घटनामा पेस्तोल प्रयोग भएको र अपराधी ‘मुभमेन्ट’क्षेत्रका प्रहरी कमाण्डरसहित तत्काल जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बेदबहादुर पौडेल, अनुसन्धान अधिकृत दीपक कुँवर, वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल, इप्रका बेलहियाका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ र इप्रका लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीसहितको टोली गठन गरे ।  टोलीले रेष्टुरेण्ट सञ्‍चालकसहित शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

यता टोलीले जिल्लाको विभिन्न स्थानमा गोप्य रुपमा खटिएर अनेकौं सूचनाहरु एकीकृत गर्न थाले । प्रराम्भिक अनुसन्धानमा आएको नाम र व्यक्तिलाई ‘सस्पेक्ट’को रुपमा राखेर प्रहरीले काम अगाडि बढायो ।

‘घटनालगत्तै आरोपीहरुलाई नियन्त्रणमा लिन हामीसगँ कुनै ठोस ‘क्लू’ थिएन तर पनि ढिलो नगरी हामीले विभिन्न कोणबाट अनुसन्धान सुरु गर्‍यौं,' रुपन्देहीका एसपी रविन्द्र रेग्मीले भने, ‘जसअनुसार आरोपीहरु नियन्त्रणमा छन् ।’

घटनाको आरोपमा रुपन्देही मायादेवी गापा–७ महुवारीका पवन राजभर (३२), सिद्धार्थनगर नपा–४ दोगहराका मोहम्मद असरद मुसलमान उर्फ काजु पक्राउ परेको प्रहरीले जनाएको छ । यसबाहेक एकजनाको पहिचान भइसकेको तर फरार रहेकाले छिट्टै नै पक्राउ गरिने उनले बताए ।

नियन्त्रणमा लिइएका व्यक्ति र घाइतेसँगको सोधपुछबाट घटना संलग्न  तीनजनामध्येको एकको हुलिया खुल्यो । तर, हुलिया खुलेपनि प्रहरीसँग कुनै ठोस ‘क्लू’भने थिएन । त्यसैमाथि घटनामा देखिएका तीन समूह लुटेरा, रेष्टुरेण्ट सञ्‍चालक र घाइते एकआपस अपरिचत हुँदा आरोपी पक्राउ गर्न हप्ता दिन लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले बताए ।

आरोपीको हुलिया बाहेक ठोस ‘क्लू’नपाएपछि प्रहरीले अपराधिक क्रियाकलापमा संलग्न र शंकास्पद व्यक्तिहरुको रातदिन लगाएर एउटा सूची तयार गर्यो । यता प्रहरी गोप्य रुपमा खटिएर काम गरिरहेको थियो भने उता प्रविधिको सहयोग समेत लिइरहेको थियो । सूची तयार भएका व्यक्तिहरु उपर प्रहरीले गोप्य रुपमा निगरानी बढायो । सूचीमा नाम हुनु र घटनास्थलमा समेत उक्त रात तीनजना आरोपीहरु रहेको पुष्टि भएपछि प्रहरीले तत्काल दुईजनालाई नियन्त्रणमा लियो ।

पक्राउ परेका आरोपीहरुले मध्ये राजभर यसअघि पनि तीनवटा अपराधमा संग्लन भएको पाइएको रुपन्देहीका डीएसपी श्यामु अर्यालले बताए । पक्राउ परेका दुवैजनाले घटना स्वीकार गरी घटनाबारे बयान दिएको उनले बताए । पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल, गोली, र चोरी भएको मोबाइल एक/एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत दीपक कुँवरले बताए । उनले घाइते गुरुङले पनि जाहेरी दर्ता गराउने जानकारी प्राप्त भएकोले दर्तापछि थप मुद्दा समेत दायर गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.