उदयपुरको दमौति सदरमुकामसँग जोडियो

उदयपुरको दमौति सदरमुकामसँग जोडियो

उदयपुर : नगरपालिका भएर पनि विकास निर्माणले पछि परेको उदयपुरको त्रियुगा नगरपालिका-५ दमौति बिहीबारदेखि सदरमुकामसँग जोडिएको छ। 

सानो पानी पर्दासमेत सम्पर्क विच्छेद भएर बस्नु पर्ने दमौतिबासीको बाध्यता देउरी खोलामा पुल निर्माणसँगै टरेको हो। पुल नभएकै कारण स्थानीयबासी दुई घण्टाको पैदलयात्रा गरी छिमेकी जिल्ला सप्तरीबाट गाढी चढेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारको ४ करोड ३४ लाख ६४ हजार २ सय ५२ रुपैयाँको लगानीमा देउरी खोलामा पुल निर्माण गरिएको हो। 

प्रादेशिक सडक पुल सहयोग एकाइ इटहरीको प्राविधिक सहयोगमा निर्मित पुल ७१ मिटर लम्बाइ, १० मिटर चौडाइ र तीनवटा स्पान रहेको पुर्वाधार विकास कार्यालय प्रमुख जितेन्द्रकुमार कर्णले बताए। 

उनका अनुसार २०७७ जेठ २ गते ठेक्का सम्झौता भई २०७८ चैत २१ गते निर्माण सम्पन्न भएको हो। ६ करोड ११ लाख ५१ हजार २ सय ७२ अनुमानित बजेट रहेको पुल निर्माणको जिम्मा प्रतिस्पर्धाबाट पवित्रा निर्माण सेवा त्रियुगा नगरपालिका ११ ले २९ प्रतिशत कम मुल्यमा लिएको उनले बताए। 

बिहीबार पुलको उद्घाटन गर्दै सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले स्थानीयको माग र  आवश्यकतालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए। उनले तीनै तहको सरकारसँग समन्वय गरी जिल्लाको विकास निर्माणलाई अघि बढाइएको बताए। 

'पछिल्लो समय संघीयताको अभ्यास अनुरूप बनेको प्रदेश सरकारको औचित्य छैन, संसदहरू भत्ता खाएर बस्छन भन्ने जस्ता सामाजिक सञ्जाल, नेताहरूको भाषण प्रति कटाक्ष गर्दै मन्त्री कार्कीले भने, 'सबै सांसद र सबै प्रदेशलाई एउटै डालामा राखेर नहेर्न अनुरोध गर्दछु।'

स्थानीय सरकार सानातिना र संघीय सरकार ठुला योजनामा अल्झिरहेको परिस्थितिमा जनतामा मध्यम प्रकृतिका विकास निर्माणका काम प्रदेश सरकारबाट भएको उनले स्पष्ट पारे। उनले संघीयताको मर्म र भावनाविपरीत बहस नगर्नसमेत अनुरोध गरे। 

उनले थपे, 'होल केही सांसदहरू कामै नगरी बसेका होलान, कुनै प्रदेश विकासका हिसाबले पछि परेको होला, तर हाम्रो प्रदेश अरु भन्दा अब्बल छ र केही गरेका छौं।'


कार्यक्रममा प्रदेशसभा सदस्य संजा दनुवार, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विक, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादव लगायतले विचार राखेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.