भूमिहिनको विवरण संकलन

भूमिहिनको विवरण संकलन

बैतडी : बैतडीका स्थानीय तहहरूले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण संकलन गरिरहेका छन्। 

भूमिहिनहरूलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीहरूको व्यवस्थित बसोबासको व्यवस्था गराउन तथ्यांक संकलनको काम भइरहेको भूमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐरले जानकारी दिए। 

सबै वडा कार्यालयहरूमा फारामको नमूना पठाइएको र संकलनको काम भइरहेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले जानकारी दिए। उनीहरूले वडा कार्यालयमा नै आएर फाराम भर्न सक्ने पाटन-८ का वडा अध्यक्ष हरिश बिष्टले बताए। 

भूमि आयोगले जारी गरेको सूचनाका आधारमा संकलनको काम भइरहेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। 

तथ्यांक संकलन गरेर वडाले स्वीकृत गर्ने छ। त्यसपछि गाउँ तथा नगरपालिकाहरूले स्वीकृत गरेर उक्त विवरण भूमि आयोग जिल्ला शाखालाई उपलब्ध गराउने छन्। 

त्यसपछि भूमि आयोगले आवश्यक प्रक्रिया पुर्‍याएर पालिकाबाटै प्रमाणीकरण गरी जग्गा उपलब्ध गराउने काम हुने भूमि आयोग बैतडीका अध्यक्ष ‌ऐरले जानकारी दिए। 

असोज ४ गतेसम्म संकलन गरिसक्न सूचना जारी गरिएको छ। बैतडीमा दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गर्न बाकी छ। 

सम्झौताको प्रक्रियामा रहेको पनि ती पालिकाले जनाएका छन्। पञ्चेश्वर गाउँपालिकाले यस अघि नै सम्झौता गरेर संकलन गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.