राजस्व चुहावट नियन्त्रण गर्न थप योजना

राजस्व चुहावट नियन्त्रण गर्न थप योजना

भैरहवा : राजस्व चुहावट नियन्त्रणमा रूपन्देही प्रशासन थप योजना अघि सारेको छ। जिल्ला राजस्व चुहावट नियन्त्रण समिति रूपन्देहीको बैठकले यसका लागि विभिन्न योजना निर्माण गरेको छ। 

समितिको बैठकले चाडपर्वको बेला हुन सक्ने चोरीपैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले गस्ती परिचालनलाई थप प्रभावकारी बनाउने, आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, सुरक्षा निकायहरूले नियमित एवं आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरेको छ।

राजस्व अनुसन्धान कार्यालयले सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गर्ने निर्णय गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 

त्यस्तै दशगजा नजिकै लाग्ने फरेनिया हाटबजारमा चोरीपैठारी तथा राजस्व चुहावटको उच्च जोखिमका कारण आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ।

यस्तै बैठकले समितिको पूर्व बैठकका निर्णयहरूको कार्यान्वयन र नियन्त्रणका लागि गरिएका प्रयास एवं चोरी निकासीपैठारी अभियोगमा दर्ता भएको मुद्दाको सम्बन्धमा समेत समीक्षा गरेको छ।

'राजस्व चुहावट नियन्त्रणका लागि रूपन्देही प्रशासन निरन्तर लागिरहेको थियो' प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, 'अब थप कडा रूपमा हामी प्रस्तुत हुनेछौँ।'

उनले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार, आन्तिरक राजस्व, राजस्व अनुसन्धान, सुरक्षा निकायलाई थप प्रभावकारी रूपमा काम गर्न निर्देशन दिइएको बताए। 

रुपन्देही प्रहरी (जनपद) ले मात्र विगत ६ महिनामा एक करोड ५१ लख २५ हजार बढी मूल्य बराबरको नाकाबाट राजस्व छली गरेर ल्याउँदै गरेको विभिन्न साम्रगी बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएको छ। यस बाहेक अन्य कार्यालयहरूले राजस्व चुहावट नियन्त्रण गर्दै आएका छन्। 

पछिल्लो समय रूपन्देहीमा नाकाबाट चोरी निकासीपैठारी रोकिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार लगायतका निकायले चोरी निकासीपैठारीका लागि नियन्त्रण अभियान चलाएका छन्। 

जसअनुसार थप कडाइका लागि रूपन्देही प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरी २७ नम्बर गण रूपन्देहीका एसपी गगन पाण्डे लगायतले बिहिबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरूसँग छलफल समेत गरेका छन्।

'हामीले विगतदेखि नै चोरी निकासीपैठारी नियन्त्रण गर्दै आएका छौँ, त्यसमा हजुरहरूको सहयोग पनि आवश्यक देखिएको छ', भारतीय सुरक्षा अधिकारीहरूसगँको छलफलमा रूपन्देहीका एसपी रविन्द्र रेग्मीको भनाइलाई उद्धत गर्दै स्रोतले भन्यो, 'त्यसमा भारतीय सुरक्षा अधिकारीहरू पनि सकारात्मक देखिएका छन्।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.