गठबन्धनले राष्ट्रियता बलियो हुन्छ : गृहमन्त्री खाण

गठबन्धनले राष्ट्रियता बलियो हुन्छ : गृहमन्त्री खाण

भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले दलहरू बीचको गठबन्धनले संविधान तथा लोकतन्त्रको रक्षाका साथै राष्ट्रियता समेत बलियो हुने बताएका छन्।

नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियान प्रथम चरणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको परिणाम राम्रो भएको बताउँदै अगामी निर्वाचनमा पनि जनताका अधिकारका लागि गठबन्धन हुने बताए।

उनले गठबन्धनले नेपाली कांग्रेस मुलुकमा पहिलो पार्टी बन्न सफल भएको भन्दै गठबन्धन नै हुनेमा जोड दिए।

नागरिकताको अभावमा नेपाली नागरिककै सन्तान आफ्नै मुलुकमा अनागरिक भएर बस्नु परेको पीडाको सम्बोधनका लागि नागरिकता विधेयक ल्याइएको उनले बताए।

'नेपाली नागरिकका सन्तानले नागरिकता नहुँहा एउटा सीम कार्ड समेत खरिद गर्नबाट बञ्चित छन्' उनले प्रश्न गर्दै भने, कहिले सम्म आफ्नै देशमा उनीहरू अनागरिक भएर बस्ने? उनीहरूलाई नागरिकताबाट बञ्चित गर्ने अधिकार कसैलाई छैन।'

सबै दलको सहमतिमा नागरिकता विधेयक अगाडि बढाइएको भन्दै एमालले आफू सरकारमा रहँदा नागरिकता विधेयक ठीक र सरकारमा नरहँदा बेठीक भन्न नमिल्ने बताए।

'यसअघि एमालेले पेस गरेको विधेयकले जन्मसिद्धका सन्तानलाई १८ दिनसम्म नागरिकता वितरण गर्दा त्यति बेलासम्म ठीक थियो' उनले भने, 'त्यसपछि सर्वोच्च अदालतले सदनबाट ल्याउनुपर्ने भनेपछि बीचमा रोकिन पुग्यो र अहिले त्यही आधारमा हामीले सदनमा विधेयक ल्याउँदा बेठीक भयो?'

उनले करिब ७ लाख नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित हुनुपरेको भन्दै राष्ट्रियता बलियो बनाउनका लागि विधेयक ल्याइएको र उनीहरूको ऊर्जा मुलुकको विकास निर्माण लगाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.