लाइसेन्स वितरण प्रणाली नै सबैभन्दा बढी बदनाम भयो : मुख्यमन्त्री भट्ट

लाइसेन्स वितरण प्रणाली नै सबैभन्दा बढी बदनाम भयो : मुख्यमन्त्री भट्ट

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था सबैभन्दा बदनाम भएको बताएका छन्। 

डोटीको राजपुरबाट सञ्चालनमा आएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सञ्चालनस्थलको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन्।

'अहिलेसम्म लाइसेन्स दिने कार्य बदनामित हुँदै आएको छ', मुख्यमन्त्री भट्टले भने, 'आगामी दिनहरूमा यो कार्यलाई स्वच्छ र मर्यादित बनाउन सबैको भूमिका रहन्छ। सवारी चालक अनुमति पत्र दिँदा निश्पक्ष भएर काम अगाडि बढाउनु होला।' 

यो पाँच वर्षमा प्रदेश सरकारको गौरवको योजनाभित्र राखेर ट्राइल स्पोट निर्माण बढाएको मुख्यमन्त्री भट्टले बताए।

अबदेखि डोटीबाटै लाइसेन्स पाउन सकिने भएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकलाई यो भन्दा पहिला लाइसेन्स लिन तराईका जिल्ला कैलाली र कञ्चनपुर जानुपर्ने बाध्यता थियो। 

डोटीसँगै डडेल्धुरामा पनि आज नै प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ। पहाडी दुई जिल्लामा प्रयोगात्मक ट्रायल सेन्टरको उद्घाटन भएपछि पहाडका ७ जिल्लाका नागरिक लाभान्वित हुने भएका छन्। 

ट्रायल सेन्टरको उद्घाटन पछि लाइसेन्सको लिखित परीक्षा दिएकाहरूले आज नै प्रयोगात्मक परीक्षा (ट्रायल) गरेका छन्। ट्रायल सेन्टरको उद्घाटनपश्चात् सबैभन्दा पहिला राजेश ठगुन्नाले ट्रायल पास गरेका छन्। ट्रायल पास भएकाहरूलाई आजै सवारी अनुमति पत्र लाइसेन्स दिइएको छ।

डोटीमा २०७२ असार ३ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग रहने गरी यातायात व्यवस्था सेवा कार्यालयको रुपमा स्थापना भएको थियो। 

सुदूरपश्चिम प्रदेश सरकारको २०७८ चैत १६ गते बसेको मन्त्रिपरिषद्ले सेवा कार्यालयलाई स्तरवृद्धि गर्ने निर्णय गरेको र चैत २२ गतेबाट यातायात व्यवस्था कार्यालयमा रूपान्तरण भएको थियो। यातायात व्यवस्था कार्यालय डोटीको कार्यक्षेत्र डोटी, अछाम र बाजुरा जिल्ला हुन्।

कार्यालयबाट दुई तथा चार पाङ्ग्रे सवारी साधनको कर सङ्कलन, हाललाई दुई पाङ्ग्रे सवारी साधनको दर्ता तथा नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण, सार्वजनिक सवारी साधनहरूको प्राविधिक जाँचपास गरिने कार्यालय प्रमुख पूर्ण बहादुर शाहले बताए। 

त्यस्तै नयाँ रुट परमिट जारी एवम् नवीकरण गर्ने, यातायात सेवाको नाम पञ्जीकरण गर्ने, सवारी चालक अनुमति पत्र जारी गर्ने र अस्थायी रुट इजाजत दिने कार्यहरू कार्यालयबाट हुने कार्यालय प्रमुख शाहले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.