गठबन्धनका नाममा कुनै जनाधार नभएका पार्टी तथा नेताहरुलाई ल्याइनु हुँदैन : बलायर

गठबन्धनका नाममा कुनै जनाधार नभएका पार्टी तथा नेताहरुलाई ल्याइनु हुँदैन : बलायर

डोटी : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले निर्वाचनमा जित्ने आधार तय गरेर मात्रै गठबन्धन गरिनुपर्ने बताएका छन् ।

‘असान्दर्भिकरुपमा गठबन्धन गरिनु हुँदैन,' बलायरले भने, ‘सरकार निर्माण गर्न र निर्वाचन जित्नको लागि मात्रै गठबन्धनको कुनै अर्थ छैन ।'

नेपाली जनताको हित र राष्ट्रलाई समृद्ध गर्न सक्ने खालका सिद्धन्त र आधार तय गरेरमात्रै गठबन्धन हुनुपर्ने उनले बताए ।

‘देश र जनताको उन्नति र प्रगति तथा संविधानको रक्षाका लागि गठबन्धन हुनुपर्दछ,' बलायरले भने, ‘तर गठबन्धन गर्दा जनमतको कदर गरिनु पर्दछ ।'

 नेपाल प्रेस युनियन डोटीले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले डोटी जिल्लामा कांग्रेसको देशमै सबैभन्दा राम्रो जनमत भएकाले गठबन्धन मान्य हुँदैन र कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।

‘गठबन्धनका नाममा कुनै जनाधार नभएका पार्टी तथा नेताहरुलाई ल्याइनु हुँदैन,' बलायरले भने, 'डोटीमा अहिलेसम्म गठबन्धनमा रहेका नेताहरुले आफु तथा कांग्रेस पार्टीसंग संबाद तथा सहकार्य गरेका छैनन् ।’ 
उनले भने, ‘कांग्रेसको जनाधार नभएको जिल्लामा हामी छोड्न तयार छौं तर डोटीमा भने छोड्दैनौं ।’

'डोटीमा कांग्रेस एक्लै निर्वाचनमा जान्छ,' बलायरले भने, ‘हामीमध्ये जोसुकै टिकट पाउँला त्यो ठुलो कुरा होइन ।’ सुदूरपश्चिम प्रदेशको राजधानी अहिले धनगढीमा डेरामा रहेको उनले बताए । ‘राजधानी धनगढी र अत्तरियाको तेघरीमा कुनै हालतमा राजधानी हुन सक्दैन,' उनले भने, ‘धनगढीमा राजधानीको आवश्यकनै छैन र ठाउँ पनि छैन उता तेघरीमा जंगलका कारण राजधानी हुँदैन ।’

बलायरले प्रदेश सरकारको औचित्यमाथि पुष्टि अझै नभएकाले अबको निर्वाचनबाट आउने सरकारले पुष्टि हुने गरी काम गर्नुपर्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.