काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न काठमाडौं महानगरको २४ घन्टे अल्टिमेटम

काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न काठमाडौं महानगरको २४ घन्टे अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घन्टाभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ। महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो।

पटक -पटक ताकेता गर्दा समेत कर नबुझाएपछि जरिवानासहित तिर्न २४ घन्टे अल्टिमेटम दिएको नगरपालिकाले जनाएको छ।

'व्यवसायी कर र वहाल कर सम्बन्धी वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्झन कर  महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गइ पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ,' महानगरको पत्रमा भनिएको छ।

नगरपालिकाका अनुसार तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क शिलबन्दी गरिनेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.