बस्नेतको ‘समय साक्षी’

बस्नेतको ‘समय साक्षी’

काठमाडौं : वरिष्ठ पत्रकार बबिता बस्नेतको ‘समय साक्षी’ पुस्तक सार्वजनिक भएको छ। बुक हिलद्वारा प्रकाशित पुस्तकको नेपालका पहिलो गभर्नर हिमालयशम्शेर राणा, साहित्यकार भुवन ढुंगाना र लेखक बस्नेतकी आमा राधा बस्नेत र बुबा मोहनबहादुर बस्नेतले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।

गभर्नर राणाले यात्रा गर्दाको दैनिकीका रुपमा पुस्तक आएको बताए। तीन चार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले बताए। लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर कृति तयार पारेको बताइन्। उनले यात्रा धेरैले गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक तयार पारेको जानकारी दिइन्। यात्रालाई स्मरणीय बनाउनुपर्छ र यसलाई रेकर्डको रुपमा राख्नुपर्छ भन्ने उनको कृतिको मूल मर्म हो।

साहित्यकार ढुंगानाले पुस्तकमा दुई सय १२ वटा यात्रा संस्मरण समेटिएको बताइन्। विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका भएको उनले बताइन्। ‘चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अंग्रेजीमा राखिएको छ,’ उनले भनिन्, ‘नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो। पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.