प्रदेश १ : नामकरणमा एमालेलाई दोष देखाउँदै सकियो प्रदेशसभाको कार्यकाल

प्रदेश १ : नामकरणमा एमालेलाई दोष देखाउँदै सकियो प्रदेशसभाको कार्यकाल

विराटनगर : नामकरण नगर्दै प्रदेश १ प्रदेशसभाको पाँच वर्षे कार्यकाल सकिएको छ।

प्रदेश नामकरणको मुद्दा नटुङ्ग्याई शुक्रबार पाँच वर्षे कार्यकालको अन्तिम बैठक बस्दै प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य गरिएको हो। 

मुख्यमन्त्री हुँदै गर्दा राजेन्द्रकुमार राईले प्रदेश नामकरणको विषय आफ्नो पहिलो प्राथमिकतामा रहने बताएका थिए। नामकरणका लागि भन्दै उनले सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री जयराम यादवको नेतृत्वको समितिसमेत गठन गरेका थिए। 

तर, समितिले औपचारिक बैठकबाहेक नामकरणको सवालमा अरू केही पनि गर्न सकेन्। 

कार्यकालको अन्त्यमा प्रमुख प्रतिपक्षमा पुगेको नेकपा एमाले पनि राजनीतिक मौकाका रूपमा प्रदेश नामकरणको विषयलाई प्रमुख मुद्दा बनाउँदै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। 
तर, गठबन्धनमा रहेका दलहरू नै नामकरणका विषयमा एकमत नहुँदा एमालेले पनि त्यसमा सफलता हात पारेन। 
मुख्यमन्त्री राईले जातीय पहिचानसहित नामकरण गरिनुपर्ने अडान नछाडेपछि गठबन्धन र प्रमुख प्रतिपक्षिबिच नामकरणको सवालमा सहमति जुट्न सकेन। 

अन्ततः अङ्कगणितीय पहिचान बोक्दै आएको प्रदेश १ लाई नामविहीन बनाउँदै प्रदेशसभाको कार्यकाल सकिएको छ। 

शुक्रबार बजेट अधिवेशनको अन्तिम बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश संरचनाले नामकरण गर्न नसकेको विषयप्रति खेद प्रकट गर्दै संघीय सरकारले सबै अधिकार मुठ्याएर राखेको आरोप लगाए।

'किराँत शब्द जात होईन, सभ्यता हो,' उनले भने, 'किराँत सभ्यतालाई तोडमोड गर्दा विवाद उत्पन्न भएर नामकरण हुन नसकेको हो। जनताले जवाफ पाउनुपर्छ।'

प्रदेश जोगिले जस्तो कमण्डल बोकेर थाप्दै हिँड्ने र दिएको खाने खालको भएको भन्दै उनले व्यङ्ग्य गरे। १ वर्षमा सकिने कामलाई प्रदेश सरकारले पाँच वर्ष लाएर समय मात्र व्यतित गरेको उनको भनाइ थियो। उनले भने, 'यो विषयको आत्मालोचना र समीक्षा आवश्यक छ।'

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोईरालाले संरचना निमार्णका सरकारले राम्रो उपलब्धि हाँसिल गरेको बताए। तर, प्रदेशको नामकरण नहुनुमा उनले एमालेलाई नै दोषारोपण गरे। प्रदेशलाई नाम दिन नसक्नु आफूहरूको पनि कमजोरी रहेको भन्दै रोष्टमबाटै हात जोड्दै उनले माफी समेत मागे। 

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट बोल्दै सांसद सरिता थापाले ५ वर्षमा उल्लेख्य कानून निर्माणको काम भएको बताइन्। संघीय सरकारसँग सहकार्य र समन्वयको अभावमा केही कामहरू नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

बैठकमा बोल्दै जसपा संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले निमार्ण भएका कानूनहरू कार्यन्वयनमा लैजान आवश्यक भएको बताए। नामकरणको सवालमा उनले पनि एमालेलाई नै दोषी ठहर्‍याए। 

उनले भने, 'ठूलो दलको हिसाबमा आफूले भनेकै हुनुपर्छ भन्ने एमालेको घमण्डका कारण नामकरण हुन नसकेको हो।'

बैठकको अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले २०७४ माघ २२ गतेबाट सुरु भएको प्रदेशसभाले पछिल्लो ५ वर्षमा प्राप्त गरेको उपलब्धी कार्यप्रगति विवरण पढेर सुनाए। 

प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त दशौं अधिवशेन अन्त्य भएको पत्र पढेर सुनाएपछि प्रदेशसभाको पाँचवर्षे कार्यकाल सकिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.