घरायसी रिसिवीमा तीनै जनाको हत्या

घरायसी रिसिवीमा तीनै जनाको हत्या

उदयपुर : उदयपुरको बेलका नगरपालिका-७ का आफ्नै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतले आरोप स्वीकारेका छन्। 

घरायसी रिसिवीकै कारण भाइबुहारी र भतिजलाई हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएका हुन्। प्रारम्भिक बयानकै क्रममा आरोप स्वीकारेसँगै प्रहरीले आइतबार बस्नेतलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

शुक्रबार बिहान बेलका-७ मैनामैनीको गोवाटारस्थित बाबिङ खोला नजिकको खेततर्फ जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १३ वर्षीय भतिज सुजनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको बयानमा स्वीकारेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्र फुयाँलले बताए। 

राजकुमारलाई बाटैमा खुकुरी हानेर ढालेपछि खेतमा पुगिसकेका सविता र खोलामा सुजनलाई त्यहीँ खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। एकान्त ठाउँमा बिहान ११ बजे हत्या गरे पनि प्रहरीले घटनाको जानकारी करिब ३ बजे पाएको थियो। 

जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट परिचालित भएको प्रहरीको टोलीले बस्नेतलाई बेलका-६ को बरबोटेस्थित मदन भण्डारी लोकमार्गमा पैदल हिँडिरहेको अवस्थामा साँझ साढे ५ बजे पक्राउ गरिएको फुयाँलले बताए। 
उनलाई प्रहरीले रगत लतपतिएको खुकुरी भिरेकै अवस्थामा भेटेको थियो। 

पक्राउ परेका बस्नेतलाई शुक्रबार नै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.