झापा- ५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस

झापा- ५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत सिफारिस भएका छन् । 

मंसिर ४ हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको एकल नाम सर्वसम्मत सिफारिस गरिएको एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए । दमक पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको उनले बताए । 

एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका ओली सातौं पटक झापा ५ बाट उठ्न लागेका हुन्।

२०४८ सालको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गर्दै संसद्मा पुगेका थिए । 

२०५१ सालको संसदीय निर्वाचनमा ओली फेरि निर्वाचित भए । उनले कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए ।

 २०५६ सालको संसदीय निर्वाचनमा ओली तेस्रो पटक निर्वाचित भए । उनले कांग्रेसका काशीलाल ताजपुरियालाई पराजित गरे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओली पहिलो पटक पराजित भए । उनलाई नेकपा माओवादीका विश्वदिप लिङदेनले पराजित गरे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओली फेरि निर्वाचित भए । 

उनले कांग्रेसका सुरेशकुमार योङगयालाई पराजित गरे । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओली पाँचौँ पटक निर्वाचित भए । उनले कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । २०७४ सालमा एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेका  थिए । आसन्न मंसीर ४ गते हुने निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गर्ने बारेमा अहिले दुवै पार्टीबीच छलफल जारी रहेको बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.