प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री काठमाडौंमा
काठमाडौं : अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट काठमाडौं आएकी छन्। काठमाडौंमा हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि उनी काठमाडौं आएको अमेरिकी दूतावासले जनाएको छ।
'आफ्नो भ्रमणको क्रममा उहाँ जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुनुहुनेछ। पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुनुहुनेछ,' दूतावासले भनेको छ।
पछिल्लो समय नेपालमा अमेरिका र चीनका उच्च पदाधिकारीहरुको भ्रमण हुँदै आएको छ। संसदबाट एमसीसी पास भएपछि अमेरिकी पदाधिकारीहरुको भ्रमणलाई लिएर चिनियाँ पक्षले आपत्ति जनाउँदै आएको छ। चीनले नेपाललाई 'एक चीन नीति'प्रति प्रतिवद्ध हुन आग्रहसमेत गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !