हटाइयो संसद्को कार्यकाल लम्ब्याउने व्यवस्था

हटाइयो संसद्को कार्यकाल लम्ब्याउने व्यवस्था

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने व्यवस्था हटाएर मंगलबार प्रतिनिधिसभाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । संसद्को कार्यकालसम्बन्धी प्रस्तावमा सांसदले विरोध गर्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले दफा १३, १४ र १५ लाई हटाउनुपर्ने संशोधन स्वीकार गरेपछि धेरै सांसदले प्रस्ताव फिर्ता लिए । 

दफा १३ मा निर्वाचन आयोग ऐन, २०७३, १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ र १५ मा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा संशोधन प्रस्ताव गरिएको थियो । दफा १४ र १५ मा क्रमशः प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालसम्बन्धी व्यवस्था थियो । 

संसद्को कार्यकाल थप्ने गरी विधेयक आएपछि त्यसको चर्को विरोध भएको थियो । सत्ता गठबन्धनकै केही नेता र प्रतिपक्षी एमालेले विरोध जनाएका थिए । निर्वाचन आयोगले पनि सोमबार साँझ विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । 

कानुनमन्त्री शर्माले संशोधन स्वीकार गरेपछि गणपूरक संख्या नपुगेका कारण प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकबाट विधेयक पारित हुन सकेको थिएन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । एकचौथाइ अर्थात् ६९ सांसदको उपस्थिति हुनुपर्नेमा ५८ जना मात्र रहेको पाइएपछि बैठक १५ मिनेट रोकिएको थियो । मंगलबार नै बसेको दोस्रो बैठकले विधेयक बहुमतबाट पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइनेछ । 

पाँच जनाले संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेका थिए । त्यसपछि ती प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । जसमा सांसदहरू विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाका प्रस्ताव छन् । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.