सुर्खेतमा भ्रष्टाचारविरुद्ध ‘निसाना’, ३६ जनाका ५० वटा कार्टुन प्रदर्शनी

सुर्खेतमा भ्रष्टाचारविरुद्ध ‘निसाना’, ३६ जनाका ५० वटा कार्टुन प्रदर्शनी

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरमा बुधबारबाट सुरु भएको प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र बेतिथिविरुद्धका कार्टुनहरु राखिएका छन्।

‘भ्रष्टाचारविरुद्ध निसाना’ नाम दिइएको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै कर्णालीका प्रदेश प्रमुख तिलक परियारले भ्रष्टाचारविरुद्ध सामूहिक अभियान आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो समाज भ्रष्टाचारले जेलिएको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको भूमिका कमजोर भयो। नियमनकारी निकायहरु गम्भीर नहुने हो भने, देश नै आर्थिक संकटमा फस्न सक्छ।’

प्रदर्शनीमा राखिएको कार्टुनको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले समाज रुपान्तरण र पारदर्शिता कायम गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने बताए। कार्टुनले बेतिथिविरुद्ध खबरदारी गर्ने भन्दै उनले यो अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

त्यस्तै कर्णालीका पूर्व कानुनमन्त्री नरेश भण्डारीले देशमा भ्रष्टाचार संस्थागत भएको बताए। उनले भने, ‘धेरै धन कमाउने लोभ र संस्कृति हाबी भयो, धन कमाउने नाममा व्यक्तिहरु भ्रष्टाचार गर्न थाले। भ्रष्टाचार नियन्त्रण नहुँदा व्यक्ति मोटाउने र देश दुब्लाउने अवस्था आयो।’ सामाजिक चेतना जगाउन र भ्रष्टाचारविरुद्ध निसाना केन्द्रित गर्न कार्टुन प्रदर्शनीले सहयोग पुग्ने उनको भनाइ छ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले अबको निसाना भ्रष्टाचारीविरुद्ध हुनुपर्ने बताए। समाजमा क्यान्सर सरह भ्रष्टाचार मौलाएको भन्दै उनले शिक्षामा हुने अनियमिततालाई मात्र रोक्न सके भ्रष्टाचारमा कमी आउने दाबी गरे।

‘ठूला अनियमितता र बेतिथिका घटना बाहिर नै आउँदैनन्,’  उनले भने, ‘राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारका काण्डहरु पनि छानबिन हुनुपर्छ, राजनीतिक भ्रष्टाचार अन्त्य नभएसम्म बेतिथि रोक्न कठिन हुन्छ।’ प्रदर्शनीको अवलोकनमा पुगेका सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले अब घुस खानेलाई मात्र नभइ घुस दिनेलाई पनि कारबाही हुनुपर्ने बताए। भ्रष्टाचारका कारण आर्थिक समृद्धिमा अवरोध भइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध निसाना केन्द्रीत हुनुपर्ने धारणा राखे।

साहित्यकार देवकी तिमिल्सेनाले समाजलाई सही मार्गमा लैजान सचेतना आवश्यक रहेको बताइन्। समाजलाई सचेत बनाउन सकेमा मात्र पारदर्शिता कायम गर्न सकिने उनको भनाइ छ। देशका सातवटै प्रदेशमा प्रदर्शनी आयोजना गरिएको कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले जानकारी दिए।

उनले भने, ‘देशमा भ्रष्टाचार बढेको छ, राज्यका निकायहरु नै नीतिगत भ्रष्टाचारको जालोमा छन्। यसलाई निर्मूल गर्न सामूहिक प्रयास आवश्यक छ। यसैका लागि हामीले नागरिकलाई जागरुक बनाउन यो प्रदर्शनी आयोजना गरेका हौं।’

उनका अनुसार प्रदर्शनीमा कार्टुन अवलोकनका लागि सर्वसाधारण र विद्यार्थीको भीड लागेको छ। प्रदर्शनीले भ्रष्टाचारविरुद्ध निसाना केन्द्रित गर्न र नागरिकलाई बेतिथिविरुद्ध आवाज उठाउन उत्प्रेरित गर्ने उनको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.