निर्वाचन अपाङ्गतामैत्री बनाउनुपर्ने भन्दै नेत्रहीन युवा संघले बुझाए ज्ञापनपत्र

निर्वाचन अपाङ्गतामैत्री बनाउनुपर्ने भन्दै नेत्रहीन युवा संघले बुझाए ज्ञापनपत्र

झापा : नेत्रहीन युवा संघ नेपाल झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अपाङ्गतामैत्री र पहुँचयुक्त बनाउन माग गर्दै १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।  

नेत्रहीन युवा संघ नेपाल झापा शाखाका अध्यक्ष दिलकुमार राजवंशीको नेतृत्वमा पुगेको टोलीले जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपाललाई सो मागसहितको ज्ञापनपत्र बुझाएको हो ।  

ज्ञापन पत्रमा भनिएको छ,' समावेशी सूचीबाट प्रतिनिधित्व गराउँदा उनीहरूको पहिचान स्थापित हुने परिचय पत्र अनिवार्य पेस गर्नु पर्ने व्यवस्था गरी, अपाङ्गता भएको व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गराइदिनुपर्ने, मतदान केन्द्रमा ह्विलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न ह्विलचियर गुडाउन पर्याप्त ठाउँ बनाइनु दिनुपर्ने, न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरू प्रस्ट रुपमा देखिने मत पत्रको रङ्ग हुनु पर्ने र म्याग्रिफाईङ्ग ग्लासको व्यवस्था हुनुपर्ने । '

दृष्टिविहीन व्यक्तिहरूका लागि छामेर मतपेटिकामा मतपत्र खसाल्नका लागि मतपेटिकामा टयाक्टाइल स्टिकर टाँस्नुपर्ने, ब्रेन लिपी र ठूला छापमा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने, हातसम्बन्धी शारीरिक अपाङ्गता भएका मतदाताका लागि मतपत्र लिँदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठूलो कलमको व्यवस्था गइनुपर्ने र सुनाई सम्बन्धी अपाङ्गता भएका मतदाताका लागि मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेहरू उपलब्ध गराउनुपर्ने, मतदान निर्देशिकामा अपाङ्गता सम्बन्धी विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपाङ्गता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराउनुपर्ने माग उल्लेख छ । 

त्यस्तै, मतदानको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्र सम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घर सम्म ल्याउने र पुर्याउने व्यवस्था मिलाउनुपर्ने, निर्वाचन पर्यवेक्षकका रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराउन निर्वाचन पर्यवेक्षक निर्देशिकामा संशोधन गर्नुपर्ने, पर्यवेक्षण फारममा निर्वाचन पहुँचयुक्त रह्यो  रहेन भन्ने विषय सम्बन्धी प्रश्नहरू समावेश गराउनुपर्ने, मतदाता शिक्षा गतिविधिमा अपाङ्गता भएका व्यक्तिहरू र संस्थालाई सहभागी गराउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई इच्छाएको स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने र निर्वाचन सहभागी अपाङ्गता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाउनुपर्ने लगायतको माग ज्ञापन पत्रमा उल्लेख छ । 

ज्ञापनपत्र बुझ्दै निर्वाचन प्रमुख नेपालले प्राप्त भएको ज्ञापनपत्र निर्वाचन आयोगबाट छिट्टै पठाउने बताए । उनले जिल्ला तहबाट अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा उठाइएको माग सम्बोधन गर्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 जिल्लामा १० हजार बढी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ । त
 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.