घरबाटै स्कुटर चोरी गर्ने पक्राउ

घरबाटै स्कुटर चोरी गर्ने पक्राउ

झापा : भद्रपुरमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-१० निवासी अन्दाजी ३१ वर्षीय प्रकाश खडका र सोही ठाउँका अन्दाजी २८ वर्षीय विकास राजवंशी रहेको प्रहरीले जनाएको छ। 

भद्रपुर- ७ निवासी प्रज्वल ओझाको घरबाट गएराति मे ११ प ८८७ नम्बरको स्कुटर चोरी भएको थियो।

घरबाटै स्कुटर चोरी भएपछि ओझाले आफ्नो स्कुटरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै चोरी भएको घटना सार्वजनिक गरेका थिए। 

फेसबुकमा चोरी भएको स्कुटरको फोटो भाइरल भएपछि बिहीबार बिहान साढे १० बजे भद्रपुर- ६ स्थित गिरी चोक नजिकै स्थानीय युवाहरूले स्कुटरको पहिचान गर्दै खड्कालाई नियन्त्रणमा लिएको थियो। खडकाले स्कुटर सडकमा डोराउँदै लगिरहेका थिए। 

स्थानीय युवाहरूले स्कुटरसहित चोरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरलाई खबर गरेका थिए। त्यसपछि स्थानीयले स्कुटरसँगै चोरलाई प्रहरीलाई जिम्मा लगाए।  

चोरी आरोपमा पक्राउ परेका खड्काले विकास राजवंशीले मोटरसाइकल दिएको प्रहरी समक्ष बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। पक्राउ परेका राजवंशीले स्कुटर चोरी घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रहरी समक्ष बयान दिँदै आएको छ। 

पक्राउ परेका दुवैलाई वडा प्रहरी कार्यालयले आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ। 

यता प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले अहिले घटनाका विषयमा केही भन्न नमिल्ने बताए। घटनाको अनुसन्धान जारी रहेको उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.