मौज्दात कोइलाबाट उद्योग सञ्चालन

मौज्दात कोइलाबाट उद्योग सञ्चालन

उदयपुर : देशभरका उद्योगहरूले कोइलाको अभाव झेलिरहेको बेला सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योगले मौज्दातमा रहेको कोइलाबाट उत्पादन सुरु गरेको छ। 

जमिनमुनि मौज्दातमा रहेको करिब ६ हजार २ सय मेट्रिक टन कोइला उत्खनन गरी नयाँ खरिद भएको कोइलामा मिश्रण गरेर प्रयोगमा ल्याइएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए।

पुरानो र नयाँ कोइलाको मिश्रण गरी क्लिंकर उत्पादन गर्दा मापदण्डबमोजिम नै उत्पादन भएको उद्योगका प्रयोगशाला विभागीय प्रमुख असल राईले बताए। 

उनले भने, 'पुरानो प्रयोगले गुणस्तरमा कुनै समस्या छैन, निर्धक्क भएर प्रयोग गर्नुस।' 

मौज्दातबाट मात्रै झण्डै दुई महिना उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ। यसका अलावा नियमित आपूर्ति गर्ने नयाँ सप्लायर्ससँग सम्झौता भएकाले केही दिनभित्रै आपूर्तिमा सहज हुने उद्योगका खरिद विभाग प्रमुख रामबहादुर जिसीले बताए।

उनले भने, 'सप्लार्यसको समस्याका कारण पनि कोइला आपूर्तिमा असहज हुने गर्दछ, यसपटक सप्लार्यस राम्रो फेला परेकाले समस्या आउने अवस्था देखिन्न।' 

उद्योग सञ्चालन भएको दिन दैनिक १ सय ३० टन कोइला खपत हुने गरेको उनले बताए। सामान्यतया एक किलो कोइलाबाट पाँच किलो क्लिंकर बन्ने गरेको प्रमुख जिसीले बताए। 

उद्योगले कोइला खरिद प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक खरिद कार्यालयको वेबसाइटबाट अन्तर्रास्ट्रिय प्रतिष्पर्धाबाट खरिद गर्ने प्रणाली सुरु गरेको प्रशासन महाशाखा प्रमुख कमल पौडेलले बताए। 

यसरी खरिद गरी ल्याइएको कोइला र अन्य कच्चा पदार्थको प्रयोगशालाबाट स्याम्पल लिएपछि मात्र प्रयोगमा ल्याउने गरिएको उनले बताए।

उनले भने, 'स्याम्पल टेष्टमा तोकिएको पारामिटर अनुसार नभए कानुन अनुसार सो बराबरको तौल असुली गर्ने गरिएको छ।' 

उद्योगका निमित्त प्रशासन डिजिएम महेशप्रसाद साहले खर्चको मितव्ययिता अपनाइएको बताए। 

उनले भने, 'खर्चमा मितव्ययिता अपनाउन स्टोरमा वर्षौदेखि रहेका सामानहरूको प्रयोगलाई प्राथमिकता दिएको छ। गेटदेखि उत्पादनसम्म कन्ट्रोल गरेकाले नै बन्द हुन लागेको उद्योग सञ्चालनमा आएको हो। आर्थिक वर्ष २०७८/७९ मा थोरै भएपनि फाइदातर्फ गएको छ, जुन गत आव २०७७/७८ मा ३० करोड नोक्सानी थियो।'

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्डसबमोजिम सम्पत्ति र दायित्वको मूल्यांकन गरी आब २०७७/७८ सम्मको पाँच अर्ब ५० करोडको नोक्सानी कट्टा गरी ५६ करोड सञ्चित नाफा भएको उद्योगका खरिद विभाग प्रमुख गम्भीरजंग खत्रीले बताए। 

उनका अनुसार २०७९ असार महिनामा लाहानस्थित विद्युत प्राधिकरणको ट्रान्सर्फमरमा आएको समस्याले उद्योगको करिब १५ करोडको सिमेन्ट बिक्रीमा कमि आएको बताए। 

उद्योगमा गत आर्थिक वर्षमा दैनिक ४ हजार बोरा उत्पादन गर्दै आएको सिमेन्ट हाल ७ हजार ४ सय बोरा उत्पादन सुरु भएको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए। 

उनका अनुसार उद्योगलाई अब पूर्ण क्षमता अर्थात दैनिक १६ हजार ८ सय बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको छ। 

त्यसका लागि क्षमता बिस्तारतर्फ विशेष जोड दिनुपर्ने भएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको महाप्रवन्धक न्यौपानेले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.