डोटीमा डेंगुका बिरामी बढे

डोटीमा डेंगुका बिरामी बढे

डोटी : डोटीमा २७ जना डेंगुका बिरामी फेला परेका छन्। लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग डोटीमा पहिलो पटक भदौ १३ गते फेला परेको थियो।

अहिले जिल्लामा दिन प्रतिदिन डेंगुका बिरामीको संख्या बढ्दै गइरहेको जिल्ला अस्पतालले जनाएको छ। १६ दिनमै डेंगुका बिरामीको संख्या २७ पुगेको जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टले बताए।

उनका अनुसार भदौ १३, १४ र १६ गते एकेक, १७ गते २, २० गते ४, २१ गते २, २४ गते ३, २५ गते २, २६ गते ४, २७ गते २ र २८ गते चार जनामा डेंगुको संक्रमण देखिएको हो। 

तीमध्ये २३ जना जिल्ला अस्पतालबाट फेला परेका हुन भने चार जना शिखर नगरपालिकाको स्वास्थ्य केन्द्रबाट पत्ता लागेको भट्टले जानकारी दिएका छन्।

डेंगुका संक्रमित मध्ये १२ पुरुष र १५ महिला रहेका छन्। दिपायल सिलगढी नगरपालिकाका ११ जना, शिखर नगरपालिकाका सात जना, पुर्विचौकी गाउँपालिकाका छजना, सायल गाउँपालिकाका दुईजना र केआईसिंह गाउँपालिकाका एक जनामा डेंगु फेला परेको अस्पतालले जनाएको छ।

एडिस एजिप्टाइ र एडिस एल्विकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए। 

भाइरसजन्य यो रोगको विशिष्ट उपचारपद्धति विकास नभएको भए पनि लक्षणका आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहले बताए।

जिल्लामा डेंगुका बिरामीको संख्यामा वृद्धि हुँदै गइरहेकाले यसको नियन्त्रका लागि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए। 

उनले आफ्नो घरआँगनका खाल्डाखुल्डी, पानी जम्ने स्थान पुर्नुका साथै सरसफाइलाई विशेष जोड दिन सबैमा आग्रह गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.