त्रियुगाले सार्वजनिक गर्‍यो १०० दिनका २९ उपलब्धी

त्रियुगाले सार्वजनिक गर्‍यो १०० दिनका २९ उपलब्धी

उदयपुर  : उदयपुरको त्रियुगा नगरपालिकाले सय दिनमा २९ वटा कामलाई मुख्य उपलब्धिकोरुपमा लिएको छ । नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको सय दिनमा थुप्रै काम भएपनि २९ शीर्षकका काममा जनतालाई तत्काल फाइदा पुगेको तथ्यांक सार्वजानिक गरेको हो ।

मेयर बसन्तकुमार बस्नेतले यो अवधिमा काम गर्ने समय नभएपनि निकै उपलब्धि हाँसिल गरिएको बताए । उनले भने, ‘यो समयमा कार्यपालिकाको निर्वाचन, विभिन्न समिति निर्माण, बैठक आचारसंहिता, कर्मचारी परिचयात्मक, बधाई तथा शुभकामना जस्ता कार्यक्रम भएपनि त्यसका बाबजुद उल्लेखनीय उपलब्धि हाँसिल गरेका छौं ।'

उनले विगतका राम्रा योजनाहरुको निरन्तरता तथा नयाँ र राम्रा खाले कार्यक्रमहरु यो अवधिमा गरिएको बताए ।

५ वर्षभित्र त्रियुगा नगरबासीलाई समृद्ध र सुखी बनाउने योजना अनुरुप सयदिनमा विपन्न, गरिब, दलित, पिछडावर्ग र सिमान्तकृत समुदायलाई लक्षित गरी कार्यक्रमहरु सुरु गरिएको बताए । उनले ‘आमाको स्वास्थ्य’ अन्तर्गत बैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रममार्फत प्रदेश सरकारबाट ३ सय २५ र नगरपालिकाबाट २ सय ६६ गरी ५ सय ११ वटा विद्युतीय (इन्डक्सन)चुल्हो वितरण गरिएको बताए । 

चालुवर्षको सुरुदेखि त्रियुगाले सबै योजनाको रकम भुक्तानी गर्दा विद्युतीय भुक्तानी प्रणाली (इ–पेमेन्ट सिस्टम)मार्फत गर्ने, स्थानीय शासन सुदृढिकरण कार्यक्रमअन्तर्गत मुसहर समुदायका लागि ‘मुसहर समुदायको सर्वाङ्गिण विकास परियोजना’सञ्चालन गरेको, चालु वर्षकै बजेटबाट नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न ३ करोड बिनियोजन गरी ठेक्का सम्झौता भइसकेको पनि मेयर बस्नेतले बताए । 

त्यसैगरी विश्व बैंकको १ अर्ब अनुदान सहयोगमा मदन भण्डारी लोकमार्गसँग जोडिएका गाईघाट बजारक्षेत्रका विभिन्न सडकमा १० किलोमिटर कालोपत्रे गर्न सम्झौता हुन लागेको, भैपरि आउने विपदको दिगो र दीर्घकालीन व्यवस्थपन गर्न छिमेकी स्थानीय तहहरु रौतामाई गाउँपालिका र चौदण्डीगढी नगरपालिकासँगको साझेदारीमा एकीकृत विपत व्यवस्थापन केन्द्र स्थापना गर्ने तयारीलाई पनि नगरपालिकाले ‘सयदिने उपलब्धी’ मानेको छ ।
 
वर्षाको समयमा घर आवास र कृषियोग्य जमिन कटान हुन नदिन प्रत्येक वडामार्फत तारजाली उपलब्ध गराई विपद रोकथाम कार्य गरेको पनि उनले बताए । ‘सहरी सौन्दर्यकरण कार्यक्रम’अन्तर्गत गाईघाट बजारको मुख्य सडकको डीभाइडरहरुमा दुबो रोपेको, सडक पेटीमा राखिएका फलफूल तथा तरकारी पसल नगर प्रहरी कार्यालय परिसरमा एकीकृत थलो बनाई स्थानान्तरण गरेको तथा सडक मिचेर बनाइएका अनधिकृत घर टहरा भत्काएर सफाइ अभियान चलाइएको कुरा पनि नगरपालिकाको सय दिने उपलब्धी मानिएको छ । 

नगरपालिकाका उपमेयर महेश्वरी राईले कार्यालयभित्रै शिशु स्याहार केन्द्र, स्तनपान कक्ष सञ्चालन, महिला शौचालयमा सेनिटरी प्याड राख्न थालेको, वृद्धवृद्धा, अशक्त र अपाङ्तालाई सहयोग गर्न वडा कार्यालयमार्फत घरघरमा सामाजिक सुरक्षा भत्ता लगिदिएको बताइन् ।

त्यसैगरी 'क' वर्गका अपाङ्गता २२, 'ख' वर्गका २७, 'ग' वर्गमा ५ र 'घ' वर्गमा ५ गरी ५९ जनालाई सयदिनभित्र परिचयपत्र वितरण गरी भत्ता दिइएको उनले बताइन् । त्यसैगरी नगरबासीलाई उपचार गर्न सहज बनाउन वडा नं. ७ स्थित संगम समाज नेपाललाई १ थान एम्बुलेन्स हस्तान्तरण गरेको, वडा नं. ५ को देउरीस्थित स्वास्य चौकीलाई ग्रामिण अल्ट्रसाउण्ड उपकरणलगायत विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने काम पनि सय दिनभित्र राखिएको छ। 

नगरपालिका भए पनि सञ्चार नेटवर्कको समस्या हुने गरेको वडा नं. ५ को दमौटी र ६ को घनचक्रेमा दुईवटा नेपाल टेलिकमको टावर यसबीचमा निर्माण गरेको, उपभोक्ता समितिमार्फत निर्माण हुने हरेक योजाहरुमा १५ प्रतिशत जनसहभागिता अनिवार्य गरिएको तथा त्रियुगाभित्र कार्यक्षेत्र बनाएका पत्रकार, गरिव, विपन्न र सिमान्तकृत समुदायलाई स्वास्थ्य बिमा गर्न ५० प्रतिशत अनुदानको व्यवस्था गरेको तयार पारिएको तथ्यांकमा उल्लेख छ । 

यसअघि नगरपालिकामै हाजिर गर्दै जागीर खाँदै आएका प्राविधिक कर्मचारीलाई ‘एक वडा, एक प्राविधिक’ भन्ने नाराका साथ हरेक वडामा खटाएर सडक बत्ती विस्तार र नियमित गर्न थालेको, चालु वर्षदेखि ९ लाखसम्मको योजना निर्माणमा उपभोक्ता समिति गठन, योजनाको प्राविधिक अनुगमन र मूल्याङ्कनसम्मको अधिकार वडालाई नै प्रत्यायोजन गरिएको मेयर बस्नेतले बताए । 

त्यस्तै नगरपालिकाको ऐलानी जग्गा व्यवस्थापनका लागि १५ वटै वडा प्रत्येकलाई ५ लाख बजेट दिएर जग्गाको लगत संकलन गर्न अधिकार दिइएको छ । त्रियुगा ३ को रामजानकी मन्दिरको नाममा रहेको १५ कठ्ठा जमिनमा तरकारी तथा फलफूल पसल, १३ नं. को फुलजोरमा डम्पिङसाइट निर्माण, १६ वटै वडामा मेलमिलाप केन्द्र खोल्नुलाई पनि नगरले सय दिनको उपलब्धीको परिभाषाभित्र पारेको छ । 

वडा नं. ७ मा खानेपानी योजनाअन्तर्गत पाइपलाइन विस्तार र ट्यांकी निर्माण गरी सुद्ध खानेपानी वितरण थालिएको, ‘हेल्लो उपमेयर’ कार्यक्रम अन्तर्गत मानसिक अवस्था कमजोर भएका ५ जनालाई मनोबिमर्श तथा स्वाथ्य उपचार गरी परिवारिक पुर्नमिलन गराइएको छ । ४ नं. वडाको बगाहामा लगानी बोर्ड र नगरपालिकाको साझेदारीमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको कुरालाई पनि नगरपालिकाले सय दिनको उपलब्धी मानेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले नगरलाई विकसित, सुन्दर, सफा, हराभरा बनाउने जिम्वेरी कुशलतापूर्वक निर्वाह गर्न आफूहरु लागिरहेको बताइन् । उनले सेवाग्राहीको काम छिटो छरितो तवरले गर्दै चुस्त, दुरुस्त, पारदर्शी र भ्रष्टाचारमुक्त नगरपालिका बनाउन प्रतिबद्ध रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.