साना किसान र आरएमडीसी मर्ज हुने

साना किसान र आरएमडीसी मर्ज हुने

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। दुवै संस्थाको छिट्टै साधारणसभा गरी पुससम्म एकीकृत साधारणसभा हुने भएको छ। 

एकीकृत साधारणसभापछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने भएको छ। संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक रहनेछन्। एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन्। संस्थाको सञ्चालक समितिमा दुवै तर्फका तीन-तीन जना रहनेछन्। सञ्चालक समितिमा दुवैतर्फबाट सर्वसाधारण समूहबाट एकएक जना सञ्चालक समितिमा रहनेछन्। मर्जरका लागि सेयर आदान प्रदान अनुपात १००:८७ हुने छ। साना किसानको सेयरको हिस्सा १०० हुँदा आरएमडीसीको ८७ हुने छ। 

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत एकीकृत संस्थाको डेपुटी सिइओ हुनेछन्। आपसी सहमतिमा कर्मचारी व्यवस्थापन हुने छ।  

मर्जरपश्चात एक सबल र सक्षम लघुवित्त भई उन्नतस्तरको वित्तीय सेवा प्रदान गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स् थानीय पहुँच, अनुभव र क्षमतालाई अझ प्रभावकारी बनाइ लक्षित वर्गको सेवामा खरो प्रतिष्पर्धामा उत्रन सहज हुने जनाइएको छ। 

मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुने छ। साना किसानको ३० अर्ब ७६ करोड र आरएमडीसीको १२ अर्ब ४६ करोड छ। 

साना किसानको ३० अर्ब २ करोड र आरएमडीसीको ११ अर्ब ८४ करोड ऋण लगानीमा रहेकोमा अब ४१ अर्ब ८६ हुनेछ। साना किसानको ४ अर्ब १६ करोड र आरएमडीसीको ३ अर्ब ३३ करोड कुल पुँजी रहेकोमा अब ७ अर्ब ५० करोड पुग्ने छ। आरएमडीसीको १ अर्ब २४ करोड र साना किसानको १ अर्ब ५६ करोड चुक्तापुँजी रहेकोमा एकीकृत संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड हुने छ। 
शाखा कार्यालय अब १३ पुग्नेछन्। साना किसानको ११ वटा र आरएमडीसीको २ वटा शाखा छन्। 

यी दुवै संस्थाले साझेदार संस्थालाई ऋण प्रदान गर्छन्। साना किसानको १ हजार ३ सय ९ वटा र आरएमडीसीका ३ सय १५ वटा साझेदार संस्था रहेकोमा अब १ हजार ६ सय २४ वटा हुनेछन्। 

मर्जरका लागि साना किसानका तर्फबाट उमेश लम्साल र आरएमडीसीका तर्फबाट भुपेश छट्कुलीले हस्ताक्षर गरे। सो अवसरमा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले दुवै संस्थाले छवी छोडेको भन्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा दिन सहज हुने बताए। मर्जर गरेर सरकारको आशा पूरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। 

आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशीले मर्जरले सिनर्जी इफेक्ट पर्ने बताइन्। मर्जर भएर सुडृढ भई गुणस्तरीय सेवा दिन सहज हुने जोशीले बताइन्। 

अर्थ मन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोखरेलले उपयुक्त समयमा मर्जर गर्न सम्झौता  गरेकोमा खुसी व्यक्त गरे। सरकारले ५ खर्बको लघुवित्त कोष सञ्चालन गर्न कार्यविधि अन्तिम चरणमा पुगेको बताए। साना किसान र आरएमडीसी मर्जर हुँदा उक्त कोष कार्यान्वयन गर्न सहज हुने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.