अछाममा पहिरो परी मृत्यु हुनेको संख्या २२ पुग्यो, एक अझै बेपत्ता

अछाममा पहिरो परी मृत्यु हुनेको संख्या २२ पुग्यो, एक अझै बेपत्ता

अछाम : जिल्लामा पहिरो परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। एकजना अझै वेपत्ता छन्। गत शुक्रबार राति आएको पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीका अनुसार एकजनाको खोजी कार्य जारी छ । मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका ५ का एकैपरिवारका ४५ वर्षीया नेत्रबहादुर शाही,उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही,१७ वर्षीया छोरी बिमला शाही,१६ वर्षीया भतिजी जानकी शाही रहेका छन् ।

सोहि ठाउँका रितबहादुर शाहीकी बुहारी २३ वर्षीया भावना शाही,२० वर्षीया कल्पना शाही,१२ छोरा वर्षीय सुन्दर शाही,नातिनी ३ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाही रहेका छन् । रितबहादुर,पत्नी गौरा र दुई छोरा भारतमा रहेका छन् । 

कमलबजार नगरपालिका ८ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।  २६ वर्षीया गम्भीरे दमाई,२३ वर्षीया उनकी श्रीमती भाना दमाई, छोरीहरु ६ वर्षीया डिक्रा,४ वर्षीया कल्पना र ३ वर्षीया कलु दमाई रहेका छन् । 

त्यसैगरी सोहि पालिकाको वडा नम्बर ६ का एकै परिवारका तीन बहिनी २२ वर्षीया संजिता जनाला,१९ वर्षीया सरिता जनाला र १४ वर्षीया गीता रहेका छन् । त्यसैगरी ३६ वर्षीया मैनकला कामी,२१ वर्षीया बुहारी धना कामी,छोरा ९ वर्षीय निखिल कामी,र १५ वर्षीया छोरी सिर्जना कामी रहेका वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए । 

पहिरोमा परी मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ का २ वर्षीय नविन बुढा रहेका छन् ।

उनकी आमा २१ वर्षीया चन्द्रादेवी बुढा,६२ वर्षीया हजुरबुबा हर्क बुढा,१२ वर्षीया दाजु धर्म बुढालाई उपचारका लागी हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । ढकारी गाउँपालिकाका १ का ४५ वर्षीय मोति बुढा जैशी अझै बेपत्ता रहेका छन् । 

पहिरोमा परी घाइते भएका कमलबजार नगरपालिका ६ का ८५ वर्षीय भक्त कामी,४२ वर्षीय ईन्द्र सिंह कामी,१२ वर्षीया कल्पना कामी, १० वर्षीय सुशिल कामी, ६५ वर्षीय खण्टी दमाई उपचारपछि घर फर्किएका छन् । 
कमलबजार नगरपालिका ६ का ३८ वर्षीय डिक्रा कामी, १२ वर्षीय ममता कामी र २ वर्षीय सफलता कामीको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.