दिवा खाजाले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण

दिवा खाजाले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण

दार्चुला : दार्चुलामा पाँच वर्षअघिदेखि लागू भएको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। 

कक्षा शिशुदेखि पाँच कक्षासम्म दिवा खाजा खुवाउँदै आएकामा यो आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकाहरूलाई पनि दिवा खाजा खुवाउने गरिएको विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक बिजय विश्वकर्माले बताए। 

कार्यक्रमको आर्थिक सहयोगमा २०५६ देखि कार्यक्रम दार्चुलामा लागू भएको थियो। त्यो बेला विद्यालयमा पीठो, चिनी, तेल मात्रै दिने गरिन्थो। कार्यक्रम प्रभावकारी बन्दै गएपछि दाल, भात र तरकारी दिने गरियो। 

यसले गर्दा निजी विद्यालयमा पढ्ने बालबालिकाहरू पनि सरकारी आउने गरेका छन्। अहिले सरकारी विद्यालयमा विद्यार्थीको चाप थेगी नसक्नु भएको छ। 

दिवा खाजाले २५ हजार बालबालिका लाभान्वित

दार्चुलाका ३ सय ४४ विद्यालयका करिब २५ हजार बालबालिकाहरू दिवा खाजाबाट लाभान्वित भएको विश्व शिक्षा प्रारम्भिक तह पढाइ कार्यक्रम अधिकृत पदमसिंह धामीले बताए। 

उनले भने, 'जिल्लाका नौवटै स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ। यो कार्यक्रम लागू भएसँगै दिवाखाजा तर्फ बालबालिकाहरू आकर्षित भएका हुन्।' 

दिवा खाजाले विद्यार्थीहरू नियमित विद्यालय जाने गरेको, बीचमा कक्षा छाडेर घर जाने अवस्था नआएको, स्वास्थ्य तथा  पोषणमा समेत सुधार आएको कुरा विद्यालयका शिक्षकहरूले बताउने गरेका छन्। 

विद्यालययमा लामो समयसम्म भोको बस्न नपर्ने भएका कारण बालबालिकाले मन लगाएर पढ्ने गरेको पाइएको छ। दार्चुलाको महेन्द्र नमुना मावि खलंगामा मात्रै ६ सयभन्दा बढी बालबालिकाहरू दिवा खाजाबाट लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए।  

सिकाइ उपलब्धीबारे समीक्षा

प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत स्थानीय तहका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरूसँग समीक्षा आज सम्पन्न भएको छ। 

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपालद्वारा सञ्चालित समीक्षा बैठक आज जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो। 

विद्यार्थीको सिकाइ उपलब्धीका लागि स्थानीय तह र विद्यालयले खेल्नुपर्ने भूमिकाका विषयमा रहेर समीक्षात्मक बैठक आयोजना गरिएको सीआरडीएस नेपाल दार्चुलाका टिम लिडर अशोक राज ओझाले जानकारी दिए। 

बैठकमा कार्यक्रमले शिक्षा क्षेत्रमा खेलेको भूमिकाबारे सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ। समीक्षा बैठकमा प्रारम्भिक तहमा सिकाइको अवस्था, उपलब्धी, भावी रणनीति र कार्यक्रम बारे छलफल गरिएको बताइएको छ।

प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ दार्चुलामा सन् २०१५ देखि 'राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम' लागू भएको छ। 

यो कार्यक्रममा विशेषगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपको सुधार गर्नुरहेको छ। 

बैठकमा समग्र शैक्षिक प्रणालीको प्रभावकारी व्यवस्थापनमा कमी, सिकाइ अवस्थाको विश्लेषण नहुनु, कक्षा कोठाको व्यवस्थापन र सिकाइ वातावरण कमजोर हुनुजस्ता पक्षले समग्र सिकाइ कार्य प्रभावकारी हुन नसकेको औल्याइएको छ। 

प्रारम्भिक तह कक्षा पढाइ कार्यक्रम जिल्लाका नौवटै स्थानीय तहमा दिवा खाजा कार्यक्रम लागू भएका ३ सय ४४ वटा विद्यालयमा सञ्चालनमा रहेको कार्यक्रमका जिल्ला संयोजक मानसिंह कार्कीले बताए। 

एसईई नतिजा चिन्ताजनक

समीक्षा बैठकमा शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले एसइई नतिजा समेत प्रस्तुत गरेका थिए। 

जसमा जिल्लाका माध्यमिक विद्यालयको नतिजा हेर्दा अनिवार्य गणित विषयमा अधिकांस विद्यार्थी असफल भएको पाइएको छ। 

यस्ले गर्दा नतिजा हेर्दा चिन्ताजनक रहेको देखिन्छ। सबै स्थानीय तहसँग सिकाइ उपलब्धीका लागि वैकल्पिक सिकाइ  प्रोत्साहन, नियमित र प्रभावकारी सिकाइ , नविनतम प्रविधिको प्रयोगका साथै बालमैत्री सिकाइमा जोड, सिकाइस्तर र भौतिक व्यवस्थापन, सरसफाई, नीति निर्माण र बजेट विनियोजन गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.