अरूको काम देखाएर लिए २३ लाख

अरूको काम देखाएर लिए २३ लाख

रामेछाप : रामेछापमा एउटा आयोजनाको काम गरेर अर्को योजनाको पैसा लिएको तथ्य सार्वजनिक भएको छ। जिल्लाको खाँडादेवी गाउँपालिका–९ पिंखुरीस्थित बेसिटोल सिँचाइ आयोजनामा अर्को समितिले गरेको कामको तस्बिर देखाएर फरक समितिले २३ लाख भूक्तानी लिएको पाइएको हो।

गाउँपालिका र जिल्ला सिंचाइ कार्यालय रामेछापबाट फरक–फरक सम्झौता हुने गरी क्रमशः २० लाख र ३२ लाख बजेट परेकोमा पालिकाबाट सम्झौता भइ उपभोक्ता समितिले काम गरेको थियो। तर, जिल्ला सिंचाइ कार्यालय रामेछापबाट परेको रकम उपभोक्ता समितिले काम नै नगरी पालिकाको बजेटबाट भएको कामको फोटो देखाएर २३ लाख भूक्तानी लिएको खुलासा भएको हो।

लगत्तै, जिल्ला सिंचाइ कार्यालय मन्थलीका इन्जिनियर दिवाकरप्रसाद नेतृत्वको टोलीले अनुगमन गरेको छ। अनुगमनमा गएको टोलीले उक्त काम पालिकाबाट सम्झौता भएर भएको, जिल्ला सिंचाइ कार्यालयबाट सम्झौता भएर हुनुपर्ने काम नभएको, जिल्ला सिंचाइ कार्यालयमा सम्झौता गर्न बनेको गणेश भण्डारी अध्यक्ष, शेरबहादुर भण्डारी सचिव र चुडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले काम नगरेको र कोषाध्यक्ष चुडराज भण्डारीले अर्को समितिले गरेको कामको फोटो देखाएर दुइपटक गरी २३ लाख भूक्तानी लिएको ठहर गरेको छ। 

यसैबीच, वडाध्यक्ष अक्कलबहादुर भण्डारीको अध्यक्षतामा एउटा बैठक बसी अर्कै समितिले गरेको कामलाई आफ्नो समितिले गरेको भन्दै जिल्ला सिंचाइ कार्यालयबाट झुक्याएर २३ लाख भूक्तानी लिने चुडराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउने निर्णय पनि गरेको छ। जिल्ला सिंचाइ कार्यालय रामेछापका प्रमुख रामनरेश मण्डलले आफू अहिले बिरामी भएर आराम गरिरहेको कार्यालय आउनासाथ यसको बारेमा थप बुझेर प्रक्रियामा अगाडि बढाउने बताए। 

यस्तै, सरोज भण्डारी अध्यक्ष र सुवास भण्डारी सचिव रहेको समितिले काम सम्पन्न गरी पालिकाबाट भूक्तानी लिएका थिए। तर, पालिकाको लेखा शाखाले चेक फिर्ता गर्न अनुरोध गरेपछि बिहीबार उनीहरूले चेक फिर्ता गरे।

वडाध्यक्षको अध्यक्षतामा र सिँचाई कार्यालयबाट प्रतिनिधि, स्थानीय सहितको बैठकले पालिकाले फिर्ता लिएको चेक उपभोक्ता समितिका अध्यक्ष सरोज भण्डारीलाई भूक्तानीका लागि दिने निर्णय पनि गरेको छ। खाँडादेवी गाउँपालिकाबाट २० लाखको सम्झौता गरेका सरोज भण्डारीलाई जति चिन्ता अहिले कसैलाई छैन। उनी भन्छन्, ‘मलाइ त ठूलै गिरोहले सिध्याएको जस्तो भएको छ। एकातिर मजदुरको बेहाल छ भने अर्कोतिर चुडाराज भण्डारीको कारण सामाजिक प्रतिष्ठा समेत अफ्ठ्यारोमा परेको छ।’

दसैँको बेलामा समेत काम गरेका मजदुरले पारिश्रमिक नपाएपछि खाँडादेवी गाउँपालिकाले अग्रसरता देखाएको छ। आर्थिक अनियमितताको मुद्दा अख्तियारमा परिसकेको हुनाले छानबिनमा ढिला गर्नु नहुने पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए। आफूले स्थलगत अनुगमन गर्दा पनि आयोजनामा अनियमितता भएको पाइएको र सम्बन्धित पक्षलाई बोलाएर मजदुरको पारिश्रमिक दिन निर्देशन दिएको पनि श्रेष्ठले जानकारी दिए। यदि मजदुरले पारिश्रमिक तत्काल नपाए न्यायका लागि सम्पूर्ण फाइल बोकेर अख्तियार जाने पनि अध्यक्ष श्रेष्ठको भनाइ छ।  चाडपर्वको बेला पारिश्रमिक नपाउँदा मजदुर अलपत्र परेका छन् भने आयोजनाको काम नै नगरी भुक्तानी भइसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.