पाँचै जना मृतकको पहिचान खुल्यो

पाँचै जना मृतकको पहिचान खुल्यो

रुकुम पूर्व : रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेहरूमा रुकुम पूर्व भूमे गाउँपालिका-५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका-८ का ३५ वर्षीय पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका-६ की ४० वर्षीया लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका १२ मध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए। 

काठमाडौंबाट रुकुमकोट आउँदै गरेको धौलागिरी यातायात प्रालिको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो।

मध्यपहाडी लोकमार्ग हुँदै आएको बस रुकुम पूर्वको भूमे गाउँपालिका-३ क्याङ्सी बगर नजिक बिहीबार दुर्घटना भएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.