रामेछाप म्यादी प्रहरीमा मागभन्दा बढी आवेदन
रामेछाप : सरकारले घोषणा गरेको मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरी भर्ना छनौटमा आवस्यकताभन्दा बढी आवेदन परेको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागिम्यादी प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धीमापदण्ड २०७९ अनुसार मिति २०७९ भदौ ३० गते देखि मिति २०७९ असोज ६ गते सम्म यस जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीको लागी आवेदन फारम खुल्ला गरायएको थियो ।
जसमा ३ सय ८३ महिला र ९ सय ८३ पुरुषले आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए । एक हजार १ सय ३५ जनाको माग गतिएको मा थप २ सय ३१ को आवेदन परेको पनि निरीक्षक ढकालले बताए । अन्तिम दिन सम्म गरी जम्मा १ हजार ३ सय ६६ जनाएको आवेदन दर्ता गएको पनि ढकालले जानकारी दिए ।