विदेशी दबाब बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुने बेला आयो : कमल थापा
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब बढ्दै गइरहेको भन्दै अब राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बेला आएको बताएका छन्।
शनिबार हेटौंडा-१३ पदमपोखीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र भ्रष्टाचार न्यूनीकरणका लागि राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्ने बताए।
थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न आग्रह गरे।
मकवानपुरमा विकास निर्माणको अपुरो काम सम्पन्न गर्न आफू चुनावी मैदानमा होमिएको थापाले बताए।
राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने उनले टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस !