बालिका बाँधेर यातना दिनेलाई साढे ४ वर्ष कैद

बालिका बाँधेर यातना दिनेलाई साढे ४ वर्ष कैद

रामेछाप : घरमा प्रवेश गरेको भन्दै १३ वर्षीया दलित बालिकालाई २० घण्टासम्म थाममा बाँधेर यातना दिने रामेछाप मन्थली नगरपालिका–६ का शेरबहादुर श्रेष्ठलाई साढे ४ वर्ष कैद र जरिबानाको फैसला सुनाइएको छ। जिल्ला अदालत रामेछापले पीडित बालिका सरीता नेपालीलाई जातीय विभेद गरी २० घण्टासम्म शरीर बन्धक गरेको मुद्दामा जातीय भेदभाव र शरीर बन्धकतर्फ समेत गरी साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो।

अन्नपूर्ण पोस्ट्ले ०७८ चैत २ गते ‘दलित बालिकालाई २० घण्टासम्म बाँधेर यातना’शीर्षकमा समाचार प्रकाशन गरेको थियो। गत असोज ७ र भदौ २९ गते बसेको जिल्ला न्यायाधीश इन्दिरा शर्माको एकल इजलाशले नगरकोटीलाई जातीय छुवाछूतसम्बन्धी कसुर मुद्दामा १ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना, शरीर बन्धकसम्बन्धी कसुर मुद्दामा ३ वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवनासहितको फैसला सुनाएको श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिए। सोही मुद्दामा पीडित राहत कोषमा १४ सय रुपैयाँमा जम्मा गर्नुपर्ने पनि फैसला भएको छ। 

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ मा टेकेर १ वर्ष कैद सजाय तोकेको यो पहिलो मुद्दा भएको श्रेस्तेदार पौडेलले बताए। २०७८ साल फागुन ३० गते अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट बिहान ११:०० बजेसम्म श्रेष्ठले बालिकालाई थाममा नाम्लोले बाँधेर राखेका थिए। सानो जाति घरभित्र पसेको भन्दै बाँधेर कुटपिट गरी यातना दिएको समाचार अन्नपूर्णले सार्वजनिक गरेको थियो। 

बालिकालाई बाँधेर राखेको थाहा पाएपछि स्थानीयले तत्काल मुक्त श्रेष्ठ परिवारलाई आग्रह गरेका थिए। तर, नमानेकाले स्थानीय जनप्रनिधिले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरी पुगेर पीडित बालिकाको उद्धार गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.