राष्ट्रकविको अन्तिम कृति

राष्ट्रकविको अन्तिम कृति

काठमाडौं : राष्ट्रिकवि माधव घिमिरेको अन्तिम कृति ऋतंभरा महाकाव्य लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपति घिमिरेकी पत्नी महाकाली घिमिरे, साहित्यकार रमा शर्मा र राष्ट्रकविका कृतिमा विद्यावारिधि गरेका डा. लेखप्रसाद निरौलालगायतले कृतिको लोकार्पण गरेका हुन्। 

नेपाल शिक्षा परिषद् तथा साझा प्रकाशनको संयुक्त  आयोजनामा भएको कार्यक्रममा उप्रेतीले उक्त पुस्तक लामो प्रतीक्षापछि आएकोमा पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका निभाएका राष्ट्रकविका परिवारका सदस्यलाई धन्यवाद दिएका थिए। ‘यो पुस्तकको प्रतीक्षा गरेको धेरै भएको थियो। कसरी कोबाट कहिले आउँछ भन्ने प्रतीक्षा हामीलाई थियो। आज त्यो प्रतीक्षाको घडी सकिएको छ। कृति पाठकमाझ आएकोमा हामी निकै खुसी भएका छौं’, उनले भने। 

कार्यक्रममा राष्ट्रकविकी छोरी शान्ति अधिकारीले पुस्तक तयार पार्ने क्रममा बुवासँग जोडिएका पलहरूको स्मरण गर्दै कविता वाचन गरेकी थिइन्। बुवाकै प्रेरणाले संगीतमा लागेकी अधिकारीले ऋतंभराका केही श्लोकमा संगीत भरेकी छन्। राष्ट्रकवि घिमिरेको शोककाब्य गौरीकी पात्रमध्येकी शान्ति एक हुन् भने अर्की पात्र उनकी बहिनी कान्ति घिमिरे न्यौपाने पनि कार्यक्रममा उपस्थित थिइन्। 

राष्ट्रकविका छोरा राजीव घिमिरेले पहिले बुवाको अक्षर मोतिका दानाजस्ता अत्यन्तै सुन्दर रहेको बताए। तर, विस्तारै हात काप्न थालेपछि अक्षर बिग्रदै गएको उनले बताए। 

घिमिरेले बुवाले उक्त कृतिमा साहित्यरुपी महासागरबाट मोति टिपेर ल्याएर राखेका प्रतिक्रिया दिए। बुवाले आफ्नो अन्तिम अवस्थामासमेत आफ्नो यो इच्छा पूरा नहुने हो कि भनेर चिन्ता व्यक्त गरेको घिमिरेले बताए। जसरी राष्ट्रकवि घिमिरे सम्पूर्ण साहित्यप्रेमीमाझ अमर रहे, त्यसरी नै  बुवाको अरु कृति जस्तै यो पनि अमर रहोस् भन्ने उनले कामना गरे। पेसाले इन्जिनियर उनले उक्त कृतिलाई आफ्नो आमाको इच्छाअनुसार बुवाका आठ जना सन्तान नै लागिपरेर प्रकाशन गरेको बताए।

‘बुबाले लेखेर पोका पोका पारेर राख्नुभएका कृतिलाई हामी आठ जना छोराछोरीले समेटेर प्रकाशन गर्‍यौं। यसलाई प्रकाशनका लागि धेरैले मागेका थिए। तर, आमाको इच्छानुसार यो काम हामीले नै सम्पन्न गर्‍यौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.