सल्यानमा जिप दुर्घटना : ८ जनाको मृत्यु, एक गम्भीर

सल्यानमा जिप दुर्घटना : ८ जनाको मृत्यु, एक गम्भीर

दाङ : सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। रा १ ज ५६३ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । उनका अनुसार एक जना गम्भीर घाइते भएका छन्।  

जीपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए। उनका अनुसार जिपमा सवार कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीय रहेका थिए ।

नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.