चाडबाड नजिकिए सँगै बजार अनुगमण तीव्र

चाडबाड नजिकिए सँगै बजार अनुगमण तीव्र

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा चाडपर्व नजिकिएसँगै बजार अनुगमन गरिएको छ। 

दसैं नजिकिए सँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन गरिएको हो। 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको संयोजकत्वमा संयुक्त रूपमा खलंगा बजारमा अनुगमन गरिएको छ। बजार अनुगमनका क्रममा म्याद गुज्रिएका मालसमान बरामद नष्ट गरिएको छ।

स्थानीय प्रशासन, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र उपभोक्ता हक हित संरक्षण समितिले संयुक्त रूपमा बजार अनुगमन गरेको हो।

तल्लो थाप्ले र ठाँटीबजार एरियाका झन्डै २० वटा पसलको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत महेन्द्र भडेलले जानकारी दिए। 

अनुगमन गरिएका पसलहरूबाट म्याद नाघेका झन्डै २ लाख भन्दा बढीको खाद्य वस्तु बरामद गरी नष्ट अधिकृत भडेलले बताए।

दसैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको अधिकृत भडेलको भनाइ छ। 

म्याद गुज्रिएका, लेबल नभएका सामग्री जहाँ फेला पर्छ त्यहीँ नै नष्ट गरिँदै आएको उनले बताए। 

अनुगमनका क्रममा पसल दर्ता, नवीकरण गरेको वा नगरेका, मूल्यसूची राखे/नराखेको लगायतका कुराहरू समेत हेर्न थालिएको छ। 

नियमविपरीत गर्ने पसललाई सचेत गराइएको छ। तत्काल मूल्य सूची राख्न र पसल दर्ता नवीकरण गर्न निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.