जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

मुगु : जुम्लाको सिंजा गाउँपालिकाको आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु  र सहचालक घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार ट्रक दुर्घटनामा मकवानपुर निवासी चालक अविनाश लामाको मृत्यु भएको हो।  सोही दुर्घटनामा सहचालक हरी न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ।

घाइते न्यौपानेको टाउकोमा गहिरो चोट लागेको छ।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.