परिजिताको चर्चा

परिजिताको चर्चा

अमेरिका : अमेरिकाको एनबीसी टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाइस’मा नेपाली मुलकी १७ वर्र्षीया परिजिता बास्तोलाले दमदार प्रस्तुति दिएकी छन्। ‘द भ्वाइस’ले सामाजिक सञ्जालमा जारी गरेको भिडियोमा बास्तोलाले चारैजना कोचको ‘स्ट्यान्टिङ अवेसन’ पाउन सफल भएकी छन्। ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलको गीत बास्तोलाले गाउँदा चारैजना कोचले मेच घुमाएका थिए। 

उनको प्रस्तुतिपछि कोचहरू क्यामिला काबेलो, ब्लेक सेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टिममा आउन आग्रह गरेका थिए। उनले परिवारको सल्लाह लिएकी थिइन्। परिवारको सुझाव अनुसार नै उनले टिम लिजेन्डलाई रोजेकी थिइन्। दुई दशकअघि काठमाडौंबाट बास्तोला परिवार अमेरिका पुगेको थियो।

परिजिताले निर्णायकलाई आफूलाई नेपाली संगीतमा रुची भएको बताएकी थिइन्। उनले चारैजना निर्णायकलाई रुद्राक्षको माला लगाइदिँदै नेपालबाट ल्याएको बताएकी थिइन्। आमा बिरा तिवारी, बुवा पंकज बास्तोला र दिदी प्रियांकासहित अमेरिकाको मेरील्यान्डमा बस्दै आएकी परिजिताले चार वर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी हुन्।

‘द भ्वाइस’लाई संसारकै उत्कृष्ट गायन रियालिटी शोका रुपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाइज शो ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को प्रसारण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.