महिलालाई प्रत्यक्षमा टिकट नदिए 'विद्रोह' को चेतावनी

महिलालाई प्रत्यक्षमा टिकट नदिए 'विद्रोह' को चेतावनी

सुर्खेत : आगामी निर्वाचनमा महिलालाई समानुपातिकमा मात्र सीमित नगर्न महिला नेतृहरुले आग्रह गरेका छन् । 

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ सम्मानजनक टिकट नपाए विद्रोह गर्ने चेतावनीसमेत उनीहरुले दिएका हुन् । हरेक दलले प्रत्यक्षतर्फ नै कम्तिमा ३३ प्रतिशत सिटमा महिलाको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

२०७४ को निर्वाचनमा दैलेखबाट समानुपातिकतर्फ निर्वाचित सांसद पार्वती विसुङ्केले आफूहरु प्रत्यक्षतर्फ चुनाव लड्न तयार रहेको बताइन् । ‘अहिले पनि दलहरुले महिलालाई पत्याउने अवस्था छैन,' उनले भनिन्,‘महिलालाई समानुपातिकमै सीमित गर्न खोजिएको छ, यसपाली म प्रदेशसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्छु । तर नेतृत्वले महिलालाई अवसर नदिने संकेत देखिएको छ, प्रत्यक्षमा ३३ प्रतिशत हिस्सा नपाए महिलाले दलभित्रै अन्तरसंघर्ष र विद्रोह गर्नेछौं ।’

पाँच वर्षसम्म प्रतिनिधिसभामा काम गरेर अनुभव हाँसिल गरेको, जनतासँग निकट रहेको, विकासका मुद्दामा पैरवी गरेको र जित्ने सम्भावना भएकाले पनि आफूले प्रत्यक्षतर्फ टिकट पाउनुपर्ने उनको दाबी छ । महिलालाई ३३ प्रतिशतको हिस्सा समानुपातिकतर्फ मात्र दिने गरिएको भन्दै उनले यो हिस्सा अब प्रत्यक्षतर्फको टिकटमा पनि पाउनुपर्ने बताइन् । 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत रहेकी उनले भनिन्,'समानुपातिक सांसदलाई संसदमै हेपाह व्यवहार गरिन्छ, त्यसैले पनि अब दलहरुले प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत सिटमा महिलालाई टिकट दिनुपर्छ । महिलाहरुबीच मात्र प्रतिस्पर्धा हुँदा महिलाकै सहभागिता सुनिश्चित हुन्छ, अबको निर्वाचनले ५० प्रतिशत महिला सहभागिता हुने अवस्था आउनुपर्छ ।’

उनले दलहरुले युवा र महिलालाई अवसर दिन आनाकानी गर्ने गरेको गुनासो गरिन् । कर्णाली फाउण्डेशनले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको संसदमा महिला सहभागिता सम्बन्धि कार्यक्रममा दाङबाट समानुपातिकतर्फ निर्वाचित काँग्रेसका सांसद विमला नेपालीले पाँच वर्षसम्म संसदमा काम गर्दा आफूहरु अनुभवी बनेको बताइन् । संसदीय समितिमासमेत काम गरेर ज्ञान हाँसिल गरेको भन्दै उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न आफूहरु मानसिक रुपमा तयार रहेको बताइन् । 

‘महिलालाई अब समानुपातिकको सिटमा मात्र सिमित नगरियोस्,' उनले भनिन्,‘हामीलाई प्रत्यक्षतर्फ पनि टिकट दिइयोस्, यदी पार्टीले प्रत्यक्षमा टिकट नदिए दलभित्रै संघर्ष र विद्रोह गर्न हामी तयार छौं । यस्तो अवस्थामा फरक दलको भए पनि महिला उम्मेदवारलाई जिताउन सबै पार्टीका महिलाहरु एक हुनेछौं, यसतर्फ सबै दलहरु बेलैमा गम्भीर बनुन् ।’

यस्तै कैलालीबाट निर्वाचित निवर्तमान सांसद लक्ष्मी चौधरीले आफूहरु प्रत्यक्षमा चुनाव लड्न सक्षम भए पनि दलहरुले आर्थिक हिसाब खोज्ने गरेको गुनासो गरिन् । उनले भनिन्,‘हामीले प्रत्यक्षमा चुनाव लड्न खोज्दा महिलाले पैंसा खर्च गर्न सक्दैनन् भनेर टिकट नै दिइन्न, महिलालाई विश्वास नै नगर्ने नेतृत्वका कारण समस्या भएको छ । तर हामीलाई प्रत्यक्षतर्फ नै अवसर दिइयोस्, अब ३३ प्रतिशतको नाराले मात्र महिला सहभागिता सुनिश्चित हुन सक्दैन ।’

 उनले पनि हरेक दलले प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत महिलालाई टिकट दिएर प्रतिस्पर्धा गराउनुपर्ने बताइन् । अब ३३ प्रतिशतले मात्र नपुग्ने भन्दै महिला नेतृहरुले जनसंख्याको आधारमा पनि राज्यका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने बताए । यसका लागि अब आफूहरुले दलभित्रै संघर्ष गर्ने उनीहरुको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.