भेरीका किसानलाई आधा मूल्य अनुदानमा बीउ वितरण

भेरीका किसानलाई आधा मूल्य अनुदानमा बीउ वितरण

जाजरकोट : भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ। 

चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउहरू नगर उपप्रमुख सीता जैसीले वितरण गरे। 

करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ। स्याउली सेवा केन्द्र र खलंगाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए। 

उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यवसायतर्फ उन्मुख गराउन बीउमा अनुदान दिएको अधिकारीले बताए। आलुको बीउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन्।

किसानलाई अनुदानको आलु वितरण गर्दै नगरउपप्रमुख सिता जैसी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.