बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ : आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बझाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बिहीबार जिल्ला अदालत बझाङमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल प्रसाद गौतमले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ असोज २३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकासन, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारकाको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको बझाङमा आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा १ लाख २२ हजार ३ सय ७६ जनाले मतदान गर्ने भएका छन् । 

प्रदेश सभा (क) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र बाट ६१ हजार १ सय ६९ जना र प्रदेश सभा (ख) मा ६१ मतदानस्थल र ९१ मतदान केन्द्र बाट ६१ हजार २ सय ७ मतदाताले मतदान गर्ने छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत नन्द किशोर प्रसाद यादवले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.