यी हुन् बझाङका उम्मेदवारहरू

यी हुन् बझाङका उम्मेदवारहरू

बझाङ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि टिकटको लगभग टुंगो लागेसँगै बझाङका उम्मेदवार तथा राजनीतिक दलका पार्टी प्रतिनिधिहरु जिल्ला भित्रन सुरु गरेका छन् । जिल्लामा प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बझाङमा मुख्यतया गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र ख मा भने एमाले, गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभाका लागि आज नेकपा एमालेले ऐन महरलाई उम्मेदवारका रुपमा टुंग्याएको छ भने गठबन्धनका तर्फबाट नेकपा एसका भानुभक्त जोशीले टिकट पाएका छन् । विगतमा नेकपा एमालेका संस्थापक नेताका रुपमा परिचित जोशी एमाले पार्टी विभाजनको धेरै लामो समयपछि मात्रै नेकपा एसमा प्रवेश भएका थिए ।

युवा नेता महर भने विद्यार्थी राजनीति हुँदै जिल्लामा बलियो उम्मेद्वारका रुपमा भित्रिएका हुन् । बझाङको निर्वाचन क्षेत्र क मा नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य समेत रहेका अफिलाल ओखेडाले टिकट पाएका छन् भने गठबन्धनका तर्फबाट टिकट वितरणबारे छलफल भइरहेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र जगतप्रसाद जोशीको नाम चर्चामा रहेको छ भने देउडा गायकसमेत रहेका नन्दकृष्ण जोशी, निवर्तमान प्रतिनिधिसभा सदस्य प्रकाश स्नेही रसाइली पनि टिकटका लागि दौडधुप रहेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र ख मा प्रदेशसभाका लागि नेकपा एमालेबाट एलबी रावल, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्र मल्लबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका एलबी रावल संविधानसभा सदस्य पनि हुन् । उनी सांसद हुँदा त्यस क्षेत्रको विकासमा राम्रो भूमिका खेलेको स्थानीयहरु बताउँछन् । यस्तै गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका भीम भण्डारी द्धन्दकालदेखि माओवादीका बलिया नेता मानिन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार विरेन्द्र मल्ल पनि विगतमा इन्जिनियरिङ पेशामा हुँदा बझाङमा विकास गर्न लागि परेका व्यक्ति हुन् । उनले निर्माणाधीन कालंगा हाइड्रो र रंगुनखोला हाइड्रोका लागि मूख्य भूमिका खेलेका थिए ।

बझाङमा विगतमा कम्युनिष्टहरु एक भइ लड्दा र पार्टीभित्रकै अन्तद्धन्दका कारण हार व्यहोर्दै आएको नेपाली कांग्रेसले यसपटक दुई कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्दा चुनावी परिणाम के हुन्छ भन्ने अहिले अनुमान गर्न असहज देखिन्छ । यस्तै यसपटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचन क्षेत्र क बाट पूर्व एसएसपी मोहनराज जोशी र प्रतिनिधिसभाका लागि युवा अभियान्ता सत्यराज उपाध्यायलाई अगाडी सारेको छ । यस्तै नेकपा एमाले समानुपातिक तर्फ भागरथि चन्द सिंहलाई अगाडी सारेको भने नेपाली कांग्रेसबाट साधना बिसीले टिकट पाएको स्रोतले जनाएको छ । बाँकी उम्मेद्वार नाम सार्वजनिक भएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.