कर्णाली नदीले सचेत सतह पार गर्यो
टीकापुर : पाँच दिनदेखि परिरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले सचेत सतह पार गरेको छ । केहीबेर अघि गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १०.०८ मिटर मापन गरिएको छ ।
कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका टीकापुर नगरपालिका, राजापुर नगरपालिका, जानकी गाउँपालिका लगायतका बस्तीहरुमा उच्च सर्तकता अपनाइएको छ ।
कर्णाली नदीका सहायक नदीहरुले सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायतका नदीहरुमा समेत पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको पानी गाउँ पस्ने खतरा बढेको छ ।
अविरल वर्षा कारण कैलालीको दक्षिणी क्षेत्र भजनी नगरपालिका विभिन्न गाउँहरु जलमग्न भएका छन् ।