आचारसंहिता मिचेर सत्ता गठबन्धनको चुनावी भेला

आचारसंहिता मिचेर सत्ता गठबन्धनको चुनावी भेला

भोजपुर : भोजपुरमा आचारसंहिताको उल्लंघन गर्दै दलहरु चुनावी गतिविधिमा देखिएका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा सत्तागठबन्धनका नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोगले जारी गरेको आचारसंहिता मिचेर चुनावी भेला, कोणसभा तथा अगुवा कार्यकर्ता भेलामा लागेका हुन् ।

अगुवा कार्यकर्ता भेलाका क्रममा गठबन्धन दलहरुले चुनावी प्रचारका ब्यानर, तोरन, चुनाव चिन्हका सामाग्रीसहित चुनावी गतिविधी सुरु गरेका छन् । सामाजिक सञ्जालहरुमा गठबन्धनले चुनावी सामाग्रीसहित चुनावी समारोह गर्दै गरेको भेटिएको हो । निर्वाचन आयोगले कात्तिक १८ गतेभन्दा अगाडि कुनै पनि चुनाव प्रचारप्रसारका सामाग्रीको प्रयोग र ठूला सभा नगराउन आचारसंहिता लागू गरेपनि भोजपुरमा विपरीत गतिविधि सुरु भएको हो ।

निर्वाचन आचारसंहिता विपरीत गठबन्धनले रामप्रसादराई गाउँपालिकाको बैकुण्ठेमा २९ गते, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ३० गते र पौवादुङमा गाउँपालिकाको च्याङग्रेमा ३१ गते गरेको अगुवा कार्यकर्ता भेलामा चुनाव चिन्हसहित झण्डा, तोरन, फ्लेक्स प्रिन्ट ब्यानर र उम्मेदवार चढ्ने गाडिमा चुनावचिन्हसहितको झण्डा भेटिएको हो । कार्तिक १८ गतेबाट चुनावी गतिविधि गर्न आचारसंहिता रहेपनि चुनावी गतिविधी सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । 

उम्मेदवारहरुलाई निर्धारित मितिभन्दा अगाडि निर्वाचन आचारसंहिताको पालना गर्न पनि निर्देशन दिइएपनि उल्लघंन गरेको बताए । भने, ‘हामीले उहाँहरुले यसअघि नै सचेत गराएका थियौँ, उहाँहरुको हस्ताक्षरमा निर्वाचन आचारसंहिता लागू भएको छ, भेला गरिएपनि यसरी चुनाव सामाग्रीको प्रयोग गर्नुहुन्नथ्यो।’

यसपटक भोजपुरमा वाम तथा लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) बीच कडा चुनावी भीडन्त हुँदैछ । आसन्न चुनावमा प्रतिनिधिसभातर्फ गठबन्धनबाट सुदन किराती र नेकपा एमालेका शेरधन राई आमुन्नेसामुन्ने हुँदैछन् । यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनका राजेन्द्रकुमार राई र नेकपा एमालेका हरिबहादुर राई, प्रदेशसभा सदस्य क्षेत्र नं. २ तर्फ गठबन्धनका विनोद वान्तावा र नेकपा एमाले खड्गबहादुर कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भोजपुरमा कुल १ लाख २३ हजार तीनसय ७९ मतदाता रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.