तयार हुँदैछन् तिहारलाई मादल
काठमाडौं: नेपालीले मनाउने चाड तिहार घरघरमा भित्रिएको छ ।
फूल, उज्यालो बत्ती तथा रमाइलोको पर्व तिहारको आआफ्नै विशेषता छ । तिहारलाई कसैले फूलको चाडका रुपमा बुझ्छन् भने कसैले बत्तीको चाड ।
त्यसमा पनि तिहारमा खेल्ने देउसी भैलोको बेग्लै रौनक हुन्छ । देउसी भैलोमा साना बालबालिकादेखि युवा पुस्ताले प्रयोग गर्ने साझा बाद्यबाधन मादल हो ।
यतिबेला तिहार लक्षित मादल बजारमा आएका छन् । यही समयमा धेरै मादलको व्यापार हुने गरेको छ।
घोराही–१७ पचुर्खाका चित्रबहादुर बादी र भुमी बादी मादल बनाउँदै ।
घोराही –१७ की भुमी बादी तिहारमा भैलो खेल्न मादलमा खरी भर्दै ।
तस्वीर: रासस