जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

सिमरा : जंगली हात्तीको आक्रमणमा परी घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

अमलेखगंजमा बिहीबार दिउँसो हात्तीले आक्रमण गर्दा घाइते भएकी जीतपुर सिमरा-२१ अमलेखगञ्जकी ५१ वर्षीया रुगैदा खातुनको अल्पाइन अस्पतालमा मृत्यु भएको हो।

बाख्रा चराउन जंगल गएको समयमा खातुनलाई हात्तीले आक्रमण गरेको हो। अमलेखगंजस्थित नेपाल आयल निगम अगाडि रहेको पार्किङ नजिकको जंगलमा खातुनलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीले आक्रमण गर्दा खातुनको घाँटी र खुट्टामा चोट लागेको थियो। खातुनको भित्री रक्तस्रावका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन्।

हात्तीले आक्रमण गरी घाइते बनाएपछि खातुनसँगै जंगल गएका अन्यले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सूचना पाएपछि पुगेको प्रहरी टोलीले घाइतेलाई अस्पताल लगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.