कालीकोटमा बेवारिसे बम विस्फोट, २ बालिकाको मृत्यु

कालीकोटमा बेवारिसे बम विस्फोट, २ बालिकाको मृत्यु

सुर्खेत : कालीकोटमा बेवारिसे बम बिस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना बालबालिका गम्भीर घाइते भएका छन्।

तिलागुफा नगरपालिका–१० रानावाडामा शनिबार बिहान ८ बजे बेवारिसे बम बिस्फोट भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। उक्त घटनामा ३ वर्षीया बालिका झरना थापा र ४ वर्षीया बालिका सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। उनका अनुसार झरनाको घटनास्थलमै मृत्यु भएको थियो भने सरस्वतीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

उक्त घटनामा गम्भीर घाइते हुनेहरूमा तिलागुफा नगरपालिका–१० रानावाडाका ७ वर्षीय बालक कमल थापा, ५ वर्षीय मुस्कान थापा र ३ वर्षीया बालिका दर्शना राना छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। सरस्वतीको उपचारका क्रममा निधन भएको र अन्यको उपचार भइरहेको प्रजिअ शर्माले बताए। ‘घटना हुनसाथ चार जना घाइतेलाई उपचारका लागि हेलिकप्टरमा राखेर लगियो। तर, सरस्वतीलाई भने बचाउन सकिएन,’ उनले भने, ‘घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।’

स्थानीयका अनुसार गाउँका पाँच बालबालिकाले खेल्ने क्रममा अनौठो वस्तु देखेर चलाउँदा बिस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार बम विस्फोट भएको ठाउँको जमिनमा प्वाल परेको छ। साथै नजिकै ससाना फलामका टुक्रा पनि भेटिएको छ। 

‘घटनास्थलमा फलामका टुक्राहरू भेटिएका छन्। प्रारम्भिक अनुसन्धानबाट बिस्फोट भएको वस्तु सकेट बम नै भएको अनुमान गरेका छौं। तर, प्रहरी र सेनाको टोलीले थप अनुसन्धान जारी राखेको छ। 
अनुसन्धानबाट थप खुल्नेछ।’ द्वन्द्वकालमा छोडिएको बेवारिसे बम भएको आशंका प्रहरीले गरेको छ। घटनास्थलमा अरू पनि बिस्फोटक पदार्थ हुन सक्ने भन्दै सेना र प्रहरीको टोलीले खोजी गरिरहेको प्रशासनले जनाएको छ। १० वर्षसम्म चलेको शसस्त्र द्वन्द्वबाट कालीकोट अति प्रभावित जिल्लामा पर्छ। 

यसअघि पनि जिल्लाका विभिन्न स्थानमा बेवारिसे बम बिस्फोटका घटनाहरू भएका थिए। घटना लगतै स्थानीय प्रशासनले घाइतेको उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरेको थियो। त्यसपछि सेनाको हेलिकप्टरबाट घाइतेलाई सुर्खेत ल्याइएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.