उदयपुरको त्रियुगामा आगलागीबाट डेड करोड बढिको क्षति

उदयपुरको त्रियुगामा आगलागीबाट डेड करोड बढिको क्षति

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेचौकमा आइतबार राति व्यापारिक भवनमा आगलागी हुँदा डेढ करोड बढिको क्षति भएको छ । 

राति १०: ३० बजे स्थानीय राजु कार्कीको पसल भएको घरमा आगलागी हुँदा तीनवटा पसलको ५ लाख ४६ हजार नगदसहित एक करोड ६५ लाख मुल्य बराबरको धनमाला जलेर नष्ट भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेशकुमार पोदारका अनुसार आगलागीबाट स्थानीय पर्शुराम राईको जग्गा भाँडामा लिइ कार्कीले निर्माण गरेको जस्ताले छाएको ट्रसवाला एक तले घर र कपडा पसल, अनिल घिमिरेको एग्रोभेट, विरेन शाहको होटल तथा फलफूल पसल जलेर नष्ट भएको हो । 

प्रहरीको स्थलगत प्रारम्भिक प्रतिवेदन अनुसार कार्कीको कपडा पसल तथा फर्निचर, सुन ७ तोला र नगद तीन लाख ५० हजारसमेत गरी ८० लाख बराबरको क्षति भएको छ । त्यसैगरी घिमिरेको एग्रोभेट पसलको सबै औषधि लगायतका सामानहरु गरी ६५ लाख बराबरको क्षति भएको डिएसपी पोदारले बताए ।

उनका अनुसार साहको होटल र होटलसँगै रहेको फलफूल पसल, ३ तोला ८ आना सुन, नगद एक लाख ९६ हजारसमेत गरी २० लाख) बराबरको क्षति भएको छ । राती सबै जना छठ पुजामा त्रियुगा नदी गएको र केही घरतर्फ गएको बेला विद्युत सर्ट भइ अचानक आगालागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको दुई घण्टापछि त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीबासी, नेपाल प्रहरी, सशस्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको थियो । मानवीय र पशुचौपायमा क्षति नभए पनि व्यापारिक भवन भएको हुँदा व्यापारीको ठूलो क्षति भएको स्थानीयले बताएका छन् । 

स्थानीयबासीले भने सदरमुकाम गाईघाटबाट सात किलोमिटर नजिकमा रहँदा पनि समयमा वारुणयन्त्र पुग्न नसकेको बताएका छन् । आगलागी भएको ४५ मिनेटपछि वारुण यन्त्र पुगेको स्थानीयले बताएकाछन् । समयमा वारुणयन्त्र नपुग्दा ठुलो क्षति व्यहोर्नु परेको स्थानीयले बताएकाछन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.