सत्ताका लागि कांग्रेसले प्रजातन्त्र बन्दुकसँग साट्यो : पूर्वमन्त्री बस्नेत

सत्ताका लागि कांग्रेसले प्रजातन्त्र बन्दुकसँग साट्यो : पूर्वमन्त्री बस्नेत

उदयपुर  : पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले सत्ताका लागि कांग्रेसले प्रजातन्त्र बन्दुकसँग साटेको आरोप लगाएका छन् । 

पार्टीको चुनावी अभियानमा गृहजिल्ला उदयपुर आइपुगेका बस्नेतले सोमबार सदरमुकाम गाईघाटमा पत्रकारसँगको भेटघाटमा उनले बन्दुक बोकेको माओवादीसँग अपवित्र गठबन्धन गरेर कांग्रेसले प्रजातन्त्रको खिल्ली उडाएको बताए । 

उनले भने,' वीपीले प्रतिपादन गरेको कांग्रेसको प्रजातन्त्र आज जाड रक्सी, गाँजा सेवन गराएर बन्दुकको बलमा जनता मार्ने पार्टीसँग पुग्यो, अब भन्नुस् यसले प्रजातन्त्र संरक्षण र जनताको भावनालाई सम्बोधन गर्न सक्छ ? उनले कांग्रेस र माओवादीभित्र आर्दश र मुल्यमान्यताको राजनीति स्खलित भएकोसमेत आरोप लगाए । 

राष्ट्रिय राजनीति र परिवेशको सन्दर्भमा पूर्वमन्त्री बस्नेतले ठूला दल देश र जनताभन्दा पनि सत्तामा केन्द्रित हुँदा राज्यका तीनवटै अंग काम नलाग्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘तीनवटै अंग जनताको सेवामा भन्दा पनि छिन–छिनमै सरुवा, बढुवा, भ्रष्टाचार, आर्थिक चलखेल, ठूला–ठूला ठेक्कापट्टाको सेटिङ र आफन्तवादमा केन्द्रित छ, त्यसैले अब यसको विकल्प खोज्नु पर्दछ ।'
 
उनले संस्कृति र धर्म संरक्षण, देशविकास, समृद्धि अब परिवर्तनको पक्षधरबाट मात्र सम्भव रहेकाले मुलुकको यो संकटकालिन घडीको अन्त्य गर्न पनि वैकल्पिक शक्तिकोरुपमा राप्रपाको उदय भएको बताए । अहिलेका ठूला दलको राजनीतिक गन्ध धेरै आयो, फोहोरी खेल धेरै भयो त्यसैले नव नेपाल निर्माणका लागि राप्रपालाई मतदान गर्न उनले आह्वान गरे ।

पूर्वमन्त्री बस्नेतले भने, ‘ठूला दलहरु जनताका जनजीविकाको सवालभन्दा पनि ठूला-ठूला ठेक्कापट्टा, सेटिङ, कमिसनमा लिप्त भएकाले जनताको मर्म र भावनाअनुसार काम गर्न एक पटक मुलुकले राप्रपालाई खोजेको छ ।'

२०२६ सालदेखि उदयपुरबाट सकृय राजनीतिमा जोडिएका बस्नेतले भने, 'उमेरले ८२ वर्ष पुगे, अब हिजो जस्तो सकृय राजनीति गर्न नसकिएला त्यसैले संसदीय राजनीतिबाट बाहिरिएको छु । यसबीचमा कहीँ कतै मबाट त्रुटी भएको रहेछ भने र त्यसमा पनि उदयपुरे जनताको मन दुखाएको रहेछु भने यहीँ मञ्चबाट माफी माग्न चाहान्छु ।'

राजनीतिमा पुस्ता हस्तान्तरणको पाटो सबै पार्टीमा नारामा मात्र सिमित रहेकाले मुलुकको विकासका लागि अब युवाहरु राजनीतिमा होमिनुको विकल्पन नभएको उनले बताए । 'जतिसुकै पुस्ता हस्तान्तरणको नारा लगाए पनि अन्ततः उहीँ पुरानैको हालीमुहाली हुने हो,' बस्नेतले भने, ‘५३ वर्षे आफ्नो राजनीतिक यात्राको भोगाइमा मुलुक सबैभन्दा अफ्टयारो परिस्थिति अहिले गुज्रिरहेको छ ।'

राजनीतिक दलका नेताको वेइमानीलाई प्रतिरोध गर्नुको साटो जनता निर्ह भएर टुलु–टुलु हेर्नु अर्को बेइमानी भएको उनले बताए । राष्ट्र र राष्ट्रियताको बचाउको सन्दर्भमा झण्डै एक घण्टा बोलेको पूर्वमन्त्री बस्नेतले भने, ‘राज्यको चौथो अगंबाट निरन्तर निगरानी नभए देश बच्न सक्ने अवश्थामा छैन् ।'
 
पत्रकारहरु पनि ठूला राजनीतिक दलको सेरोफेरोमा केन्द्रित रहेको प्रति दुःख व्यक्त गर्दै उनले भने, ‘जनताका पीडा र गुनासालाई बाहिर ल्याउने र समाधान खोज्ने पत्रकार जगत दलहरु प्रति केन्द्रित हुनु शोभनीय हैन। त्यसैले आफूहरुलाई बदल्नुस् र नितान्त जनताको पंक्षमा होमिनुस् ।'
 
फरक प्रंशगमा उनले परराष्ट्रमन्त्रीको गतिविधिका कारण मुलुक लज्जित भएको बताए । उनले भने, ‘पदीय मर्यादाविपरित एउटा दूताावासका कर्मचारीलाई अगाडि लगाएर परराष्ट्रमन्त्री डा. नारायण खड्का मैले मेरो जिल्लामा राजदूत ल्याए, विकास गरे भन्दै भाषण गर्दै हिँड्छन्, यसले भएको शाखसमेत गुमिसक्यो ।'
 
उनले विकासमा विदेशी लगानी स्वार्थ केन्द्रित रहेकाले आम जनतालाई भ्रम सृजना नगर्न पनि आग्रह गरे । नेता बस्नेतले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क्षेत्रनं १ मा जनताका भरोसा, विश्वासिला, सुखदु:खका सारथी धुर्व रायामाझी, प्रदेश सभा १ मा सुवास खड्का र २ मा ज्ञानबहादुर राईलगायतका राप्रपाका उमेदवारलाई मतदान गरिदिन समेत अपिल गरे । 


पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरिबहादुर बस्नेत । तस्बिर : भरत खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.