उदयपुरमा उल्लासमय छठ पर्व

उदयपुरमा उल्लासमय छठ पर्व

उदयपुर : साझा सांस्कृतिक धरोहरका रूपमा स्थापित छठ पर्व यस वर्ष उदयपुरमा चार हजार बढीले सामुहिक रूपमा पूजाआरधना र दश हजार बढीले प्रत्यक्ष अवलोकन गरेका छन्। 

    
विगत वर्षभन्दा यसपटक छठको रौनक र भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिले जनाएको छ। पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहका अनुसार पूजा र अवलोकन गर्नेको संख्या दश हजार नाघेको बताए। 

उदयपुरको सदरमुकाम गाईघाट, बेलका, चौदण्डिगढी, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी गाउँपालिकाका नदी तलाउमा हर्सोल्लासका साथ पूजाआरधना गर्दै छठ पर्व मनाइएको हो।

छठ पूजा व्यवस्थापन समितिले भक्तजनलाई सुविधा र सहज पूजा-आराधना गराउन पोखरी, नदी, खोला र खहरेमा व्यवस्थित रूपमा घाट निर्माण गरेका छन्। 

पछिल्लो समय छठ हिन्दूहरूको 'साझा चाड' मा रूपान्तरण हुँदै गएको छ। पछिल्लो समय छठ पूजामा पहाडी, नेवार समुदायको समेत उल्लेख्य सहभागिता हुन थालेको छ।
    
सदरमुकाम गाईघाटमा आइतबार अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ। 

विगत वर्षभन्दा यस वर्ष विभिन्न कार्यक्रमहरूसमेत राखिएकाले भक्तजनको उपस्थिति अझ बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहले बताए। 
    
छैठी माताको पूजासँगै सांस्कृतिक प्रतियोगितामूलक कार्यक्रम, मनोरञ्जनका कार्यक्रमहरूसमेत रातभर सञ्चालनमा रहेको उनले बताए। 

भक्तजन र अन्य सर्वसाधरणलाई आकर्षित गर्न घाट व्यवस्थापन, मनोरञ्जनका कार्यक्रम, सेल्फी सिन, औषधिउपचार लगायतका गतिविधि राखिएको उनले बताए।

मुख्य पूजारी खेमनारायण यादव (राहुल)ले भक्तजनसँग सामूहिक रूपमा पूजासमेत गरेका थिए। पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदाय सहभागी थिए। 

विशेष पूजाका अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधनासमेत गरेका थिए। सूर्यको उपासना गरेर तराई क्षेत्रका समुदायले छठ मनाउने गरे पनि पछिल्ला वर्षमा पहाडी समुदायका भक्तजनले पनि छठ पर्व मनाउन थालेका छन्। 

छठ पूजालाई लक्षित गरी सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले छठ पूजा व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए। 

उनले त्रियुगाको संस्कृतिसँग जोडिएको पर्व भएकाले यसको संरक्षण, प्रर्वद्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

त्यसैगरी उपमेयर महेश्वरी राईले त्रियुगाको सभ्यता, संस्कार र सौन्र्दयतामा छठ पूजा र पवित्र त्रियुगा नदीको महत्व रहेको बताइन्। 

पछिल्लो वर्ष सबैको साझा संस्कृतिका रूपमा छठ पर्व स्थापित हुँदै गएकाले यसको संरक्षणमा सबैको चासो रहनुपर्ने बताए। कार्यक्रममा उदयपुर जिल्लाको साहित्य क्षेत्र कलम चलाउने साहित्यकार पुण्यबहादुर कार्की र इन्दिरा आचार्यलाई सम्मानसमेत गरिएको थियो।

यस वर्षको छठमा लोकसंस्कृति झल्काउने खालका गीतमा खुला नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको सल्लाहकार राजकुमार शर्माले जानकारी दिए। 

त्यस्तै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र छठमा योगदान गर्नेहरूलाई सम्मान कार्यक्रम पनि गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.